गीत-कता हिड्यौ मैसाब

"Diyalo" Susan Majhi · मंसिर २७, २०८० ३:११ PM
Cover Image for News

कता हिड्यौ मैसाब, भारी बोकी डोको 
कस्ले बुझ्ने हाम्रो, माया लाउने धोको

लजाएर भाग्छौ, संकीएर हिड्छौ
मनको चुलो चौको, भन किन डुल्छौ
रिस पनि कस्तो, छैन मैले छोको 
कस्ले बुझ्ने हाम्रो, माया लाउने धोको

नभेट्दा पो मलाई, नदेख्दा पो मलाई
मेरै बाटो हेरि, बस्छौ रे टोलाई 
कति बस्नु पर्खी, खोल मनको पोको
कस्ले बुझ्ने हाम्रो, माया लाउने धोको

Lyrics by : ‘Diyalo’ Susan Majh

ट्यागहरू:
सहित्य संगित कला
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५