युवराज नयाँघरेको ‘आगोको बिउ’ लोकार्पण

दिलिप घिमिरे · असोज १४, २०८१ ७:१७ PM
Cover Image for News

१४असोज /निबन्धकार युवराज नयाँघरेको ‘आगोको बिउ’ निबन्धसंग्रहको लोकार्पण गरिएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले नयाँ शैलीको पुस्तक पाठकबीच ल्याएका छन्।
पाठकहरूलाई यो पुस्तक दशैंको कोशेली भन्दै परिभाषित समेत गरिएको छ।वरिष्ठ आख्यानकार, निबन्धकार, कवि तथा समालोचक कृष्ण धारावासी निबन्धकार कुमारी लामा, समालोचक ज्ञानु अधिकारी, समालोचक अनिता कोइराला,  समालोचक भारती न्यौपानेलगायतले लोकार्पण गरेका हुन ।
 निबन्धकार युवराज नयाँघरेको १९ औं कृति हो ‘आगोको बीउ’ ।  धरावासीले आफूलाई सबैभन्दा बढी मनपर्ने विधा नै निबन्ध रहेको र ‘आगोको बीउ’ पढ्दा आफुलाई एकदमै आनन्द महशुस भएको बताए ।
 आख्यानकार तथा निबन्धकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भएपनि पुस्तकभरि यो शब्द बिम्वकोरूपमा प्रयोग भएको बताइन् । 
‘जीवन र मृत्युको दोसाधबाट अगाडि बढेका तथा अनुभव, अनुभूति र ज्ञानले खारिएका दार्शनिक चेतानायुक्त कुराहरू 

कार्यक्रममा बोल्दै कृतिकार नयाँघरेले आफू निबन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए । उनले भने ‘निबन्ध मेरा लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी हो । हिँड्दा आवाज आउँछ त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो ।’
२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’मा मदन पुरस्कार पाएका उनका यसअघि ९ वटा नियात्रासंग्रह र १९ वटा निबन्धका कृति आएका छन् । ‘आगोको बीउ’ कृतिमा २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ । 
निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शिल्पी, लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् । यो निबन्धसंग्रह रत्न पुस्तक भण्डारले पाठकको हातहातमा पु¥याउने संकल्प लिएर दशैँ अगाबै प्रकाशन गरेको हो ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।