विद्यार्थीसँग साहित्य र संस्कृतिका कुरा कार्यक्रम सम्पन्न
विद्यार्थीसँग साहित्य र संस्कृतिका कुरा अन्तरगत
मावि स्तरीय अन्तर विद्यालय कविता प्रतियोगीता तथा
चासोक तङ्नाम विशेष कार्यक्रमचुलाचुली-१मा शुक्रबार सम्पन्न गरिएको छ।
प्रसिद्ध कवि मनु मञ्जिलको प्रमुख अतिथ्य अनि विद्यालय व्यवस्थापन समितिकि अध्यक्ष सीता लावतीको सभापतित्वमा भएको कार्यक्रममा
चुलाचुली-१का वडा अध्यक्ष ध्रुव लावती विशेष अतिथिको रुपमा उपस्थित थिए।
कार्यक्रममा वडा अध्यक्ष लावती र शिक्षा तथा खेलकुद शाखा प्रमुख राम मिश्रले शुभकामना मन्तव्य राखेका थिए ।
`विद्यार्थीहरूलाई सृजनशील बनाउन शिक्षक शिक्षिकाहरुले दैनिकी लेखन गराउनुपर्ने प्रमुख अतिथि मञ्जिलले सुझाएका थिए।
चुलाचुली-१वडा कार्यालयको प्रायोजन रहेको कार्यक्रम जनता मावि चुलाचुली-१ इलामको आयोजना भएको थियो।
कार्यक्रममा मावि स्तरीय अन्तर विद्यालय कविता प्रतियोगीताको आयोजना गरिएको थियो ।प्रतियोगिताको निर्णायकमा साहित्यकार अभागी थेगुवा,सेलीङ केसी र दिलिप घिमिरे रहेका थिए ।प्रतियोगिताबाट क्रमशःभानु माविका उत्सव न्यौपाने प्रथम,बालज्योति माविकि शिखा लिम्बू दोस्रो,जनता माविकि वर्षा खतिवडा तेस्रो र बालज्योति माविका सरोज रसाइली सान्त्वना स्थान ल्याउन सफल भए।बिजय विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मनु मञ्जिल र विशेष अतिथि ध्रुव लावतीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा फक्तालुङ आइडलका मुन्धुमी गायक-गायिकाहरुले आफ्नो प्रस्तुतिले चासोक तङ्नामको रौनक बढाएका दिएका थिए ।कार्यक्रममा विद्यार्थीहरूबाट विभिन्न जातीयताका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
आमन्त्रित साहित्यकारहरु
सीमा आभाष,बद्री भिखारी,देवान किराँती,हेमन यात्री,जिबी गजल,अभागी थेगुवा,दिलिप घिमिरे,सेलिङ केसी,राजकुमार सुब्बा,चेतन आङ्थोपो,रुद्र प्रभात,सावित्रा पोखरेल,किरण शिवा लगायतका साहित्य स्रष्टाहरूको उपस्थिति रहेको थियोे ।कार्यक्रममा अतिथि स्रष्टाहरुले सृजना वाचन समेत गरेका थिए ।
कार्यक्रममा सामाजिक व्यक्तित्व गणेमा फागो लगायत शिक्षाप्रेमी,समाजसेवी,सहकारीका प्रतिनिधि,विभिन्न विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
हरेक बर्ष यस प्रकारको विद्यार्थीसँग भाषा,साहित्य,कला र संस्कृति सम्बन्धि कार्यक्रम चुलाचुलीमा आयोजना हुँदै आइरहेको छ।
कार्यक्रममा स्वागत मन्तव्य जनता मावि कमलका प्रअ विशाल लिम्बू राखेका थिए भने कार्यक्रम सञ्चालन साहित्यकार विवश बलिभद्र कोइरालाले गरेका थिए।