साहित्यकार निहारिकाको आज न्युरो अस्पतालमा निधन
झापा ८ असोज /साहित्यकार शान्ति निहारिकाको आज असोज ८ गते विराटनगरको न्युरो अस्पतालमा निधन भएको दु:खद खबर छ।
एक हप्ताअघि उनी चढेको हायसलाई ट्रकले हानेर दुर्घटनामा परेकी थिइन् र विराटनगरको न्युरो अस्पतालमै उनको उपचार भइरहेको थियो।
'चट्याङको मूर्च्छना' शिर्षकको उपन्यास, 'पृथुला' शिर्षकको कविता सङ्ग्रहद्वारा नेपाली साहित्यमा आफ्नो बलियो उपस्थिति जनाएकी साहित्यकार निहारिकाको आज असोज ८ गते विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।
उपचार गर्दागर्दै निहारिकाको अवस्था अत्यन्तै क्रिटिकल भएर गएको सुनियो। दुवै फोक्सो कोल्याप्सजस्तै अवस्थामा थियो । भेन्टिलेटरमा बेहोस गराएर उच्च एन्टिवायोटिक चलाइराख्दा पनि उपचार सफल हुन नसकेको अस्पताल स्रोतको भनाइ छ।
मेडिकल्ली प्यारालाइज्ड भएरै निहारिकाको निधन भएको कुरा उनका मित्रहरूबाट जानकारी हुन आएको छ।
ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘कथा डबली’ को पहिलो सिरिजमा इन्द्रजात्राको मिथक
खगिन्द्रा खुसी - बुधबार २३ सेप्टेम्बर २०२६
साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई 'इन्टरनेशनल एक्सिलेन्सी अवार्ड २०२६ ' प्रदान
खगिन्द्रा खुसी - बुधबार २३ सेप्टेम्बर २०२६
लीला शर्मा ‘अस्मिता’को ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ पुस्तक विमोचन
दिलिप घिमिरे - बुधबार २३ सेप्टेम्बर २०२६
दमकमा कवि यश लामाको ´बहिष्कृत आवाज´ विमर्श सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार २२ सेप्टेम्बर २०२६