विश्वासमाथि उभिएर- सुदर्शन पोखरेललाई हेर्दा - पातलो अन्तरे

पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी · फागुन १४, २०८१ १०:११ PM
Cover Image for News

विश्वास र सपनाका यात्रु सुदर्शन पोखरेलको कवितासंग्रह विश्वासमाथि उभिएर प्रकाशन भएको खबरले हृदयभरि खुसीको लहर छाएको थियो र पुस्तक प्राप्त भएर त्यसभित्र प्रवेश गर्दा मनमा धेरै किसीमका भावहरू उत्पन्न भए। शब्द शक्ति र अनुभूतिका तरंगलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने पोखरेलजीका कविताले पाठकको मनमा गहिरो छाप छोड्नेछन् भन्ने विश्वास छ। 

फोटो
यस संग्रहमा समेटिएका रचनाहरू केवल भावनाका अभिव्यक्ति मात्र नभएर समय, समाज र आत्मअनुभूतिसँगको अन्तरसंवाद हुन्। जीवनका आरोह-अवरोह, प्रेम, पीडा, आशा र विश्वासलाई कविताका हरफहरूमार्फत उनले कुशलतापूर्वक प्रस्तुत गरेका छन्।

साहित्यले समाजलाई मार्गदर्शन गर्छ भन्ने विश्वास गर्ने सर्जकको रूपमा सुदर्शन पोखरेलको योगदान महत्वपूर्ण छ। उनका सिर्जनाहरूले पाठकलाई विचार गर्न, अनुभूति गर्न र भावनाको गहिराइमा डुब्न प्रेरित गर्छन्। विश्वासमाथि उभिएर नामले नै विश्वासको बलियो आधार दर्शाउँछ, जसले हामीलाई अँध्यारो परिस्थितिमा पनि उज्यालोको खोजी गर्न हौसला दिन्छ।

यस कवितासंग्रहको अपार सफलता र पाठकको मनमस्तिष्कमा गहिरो प्रभाव पार्ने विश्वासका साथ, सुदर्शन पोखरेललाई हार्दिक बधाई तथा अझ सशक्त कलमी भविष्यका लागि शुभकामना। 

पातलो अन्तरे

GBLO General Secretary 

ट्यागहरू:
सहित्य कविता news puraskar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तेराखको अलपत्रेका फुलहरू र म
तेराखको अलपत्रेका फुलहरू र म
खगिन्द्रा खुसी - बिहिबार ४ जुलाई २०२४