ददि सापकोटाको छैटौं कृति ‘ज्ञानिका’ लोकार्पण

दिलिप घिमिरे · कार्तिक २३, २०८२ ८:२४ PM
Cover Image for News

२२कार्तिक /पत्रकार एवम् लेखक ददि सापकोटाको‘ज्ञानिका’कृति लोकार्पण गरिएको छ ।

सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु पुस्तकमा समेटिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आज आयोजित कार्यक्रमा पुस्तकमा समेटिएका विभिन्न शीर्षकका लेखकले सामूहिक रूपमा कृति विमोचन गर्नुभयो ।

 गैरआख्यान ‘ज्ञानिका’मा नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरेका साहसी अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको छ ।

 पर्यटन क्षेत्रबाट पेसा सुरु गर्नुभएका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गड्गडाउँदै बग्ने नदी, गैँडाको ढरढर र हात्तीको हुँकारसम्बन्धी विषयवस्तुको जानकारी पुस्तक अध्ययनबाट प्राप्त हुने लेखकको भनाइ छ । 

फाइनप्रिन्ट प्रालिले बजारमा ल्याएको ३८८ पृष्ठको उक्त पुस्तक सापकोटाको छैटौँ कृति हो।पुस्तकको एक हजार एक सय मूल्य निर्धारण गरिएको छ । यसअघि उहाँका पन्छी जगत्, त्यो नेपाल, दुखेको युुरोप, वनको वैभव र जीवगाथा पुस्तक प्रकाशित छन् ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
विश्वासमाथि उभिएर- सुदर्शन पोखरेललाई हेर्दा  - पातलो अन्तरे
विश्वासमाथि उभिएर- सुदर्शन पोखरेललाई हेर्दा - पातलो अन्तरे
पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - बुधबार २६ फेब्रुवरी २०२५
तेराखको अलपत्रेका फुलहरू र म
तेराखको अलपत्रेका फुलहरू र म
खगिन्द्रा खुसी - बिहिबार ४ जुलाई २०२४