विक्रमश्रीकाे अध्यक्षतामा नेपाल नाट्य प्रतिष्ठानको कोशी प्रदेश समिति गठन

दिलिप घिमिरे · पौष २१, २०८२ ८:५० PM
Cover Image for News

झापा २१पुस/ विक्रमश्रीको अध्यक्षतामा नेपाल नाट्य प्रतिष्ठानको कोशी प्रदेश समिति आइतबार गठन भएकाे छ । इटहरी मेट्रिक्स ( धरणीधर सांस्कृतिक केन्द्र) मा सम्पन्न उक्त सम्मेलनबाट सर्वसम्मत रूपमा प्रदेश समिति गठन भएकाे जनाइएकाे छ।

नवगठित समिति
नवगठित समिति  अध्यक्षमा विक्रमश्री, उपाध्यक्ष कविता नेपाल,सचिव वीरेन्द्र थोक्लीहाङ्ग,सह–सचिव:गोपाल कृति,कोषाध्यक्ष जुनु बुढाथोकी (जीवन) तथा सदस्यहरूमा विजय सुब्बा, भरत बर्वरीक,दीपेन्द्र सिंह, तुलसी घिमिरे, पानस गुरुङ्ग र डा. देवी क्षेत्री दुलाल रहेका छन् भने बाँकी ६ पदाधिकारीहरू समितिले स्थलगत कार्यक्रममार्फत चयन गर्ने निर्णय गरेकाे छ।
कार्यक्रममा नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा रंगकर्मी कमल राई र विष्णु डाँगी,चलचित्रकर्मी महासंघ का अध्यक्ष अरुण प्रधान,साहित्यकार तिला लेकाली लगायत कोशी प्रदेशका ६ जिल्लाका प्रतिनिधि रंगकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रम डा. देवी क्षेत्री दुलालले सहजिकरण गरेका थिए । 

ट्यागहरू:
#नाटक #कला#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।