उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन

खगिन्द्रा खुसी · असोज १, २०८१ १:०६ PM
Cover Image for News

मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । एउटा समालोचना कृतिका कृतिकार, भाषा तथा साहित्य विषयको गहिराइसम्म पुगेर विषयलाई प्रष्ट पार्न सक्ने कुशल तथा विज्ञ प्राध्यापक, लेखनका कमजोरीहरुलाई माफ नगरी कडाईकासाथ समालोचना गर्ने खरो समालोचक खरेलको आज विहान हृदयघातका कारण निधन भएको हो । एक हप्ता अगाडि मुटुको सामान्य समस्या देखिएपछि उपचारका लागि काठमाडौँ पुगेका खरेलको आज विहान प्रभातफेरिका क्रममा अचानक हृदयघात भएको थियो । विशेषत: प्रगतिशील चिन्तनमा दख्खल राख्ने उहाँको निधनले नेपाली भाषा, साहित्य तथा समालोचनाका क्षेत्रमा अपूरणीय क्षति भएको छ । पुण्य खरेलको आत्माले शान्ति पाओस् भन्दै नेपाली साहित्य डटकम उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । 

ट्यागहरू:
सहित्य literature samachar puraskar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४