त्यो रात थियो
कविता
त्यो रात थियो
- गौरी नेम्बाङ
ताराहरू झिलमिल
चाँदनी साथ थियो
तिम्रो र मेरो मिलनको
पहिलो त्यो रात थियो ।
आकर्षण मौन थियो
नभुल्ने त्यो रात थियो
ओठहरू चुपचाप थियो
तर पनि हरेक कुरा गर्दै थियो ।
मुटु धड्कँदै सासहरू बन्द
अचम्मको त्यो बात थियो
युगभन्दा पहिला नै
युगको यो रात थियो।
मात लागेको बैंशमा
डुबेको त्यो रात थियो
संवेदनशील यौनसित
सजिएको त्यो रात थियो ।
यस्तो सुन्दर सुनौलो
हार्दिक त्यो रात थियो ।
मुटुको धडकन
एकार्काको बात थियो ।
- कालेबुङ्
ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६