धनकुटामा चियासँग कविता कन्सर्ट सम्पन्न
झापा ५ बैशाख /धनकुटामा शुक्रबार ´चियासँग कविता कन्सर्ट`आयोजना गरिएको छ ।
धनकुटामा हरेका शुक्रबार हुँदै आएको चियासँग कविता कार्यक्रको ५५औं श्रृङ्खलाको अवसर पारेर कविता कन्सर्ट आयोजना गरिएको हो ।
कविता कन्सर्टमा कविहरु उत्तम तुम्सा लिम्बू र डिआर फुयलले कविता वाचन गर्नुभएको थियो।यस्तै कविसँगै तेजेन्द्र गन्दर्भले सांगितिक प्रस्तुति राख्नुभएको थियो ।
कवि लिम्बू र फूयालले एक-एक दर्जन कविता वाचन गर्नुभएका थियो।उहाँहरुले समाजमा घटेका विभिन्न घटना र भोगाईलाई कविताको माध्यमबाट प्रस्तुत गर्नुभएको थियो।
चियासँग कविता कन्सर्ट कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले साहित्यले समाज रुपान्तरण गर्ने बताउँदै चियासँग कविता कार्यक्रमले धनकुटासहित देशमा सन्देश प्रवाह गरेको बताउनुभयो ।