दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण

दिलिप घिमिरे · पौष २५, २०८२ ८:५६ PM
Cover Image for News

झापा २५पुस/दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा आज आयोजित एक विशेष कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ। 

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा भएको  उक्त कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार तथा साहित्यिक पत्रकार डा. महेश्वर शर्मा रहेका थिए। 

कार्यक्रममा शङ्कर कोइराला आख्यान पुरस्कार नगद राशि २५,०००/- रुपैयाँ सहित कथाकार मधुवन पौडेललाई अर्पण गरिएको थियो भने कुमार-सरस्वती साहित्य पुरस्कार नगद राशि २५,०००/- रुपैयाँ सहित समालोचक प्रा.डा.लक्ष्मण प्रसाद गौतमलाई अर्पण गरिएको थियो।
त्यसैगरी,चूडामणि भाषाव्याकरण-कोश पुरस्कार नगद राशि ५१,१११/- रुपैयाँ सहित लेखक तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई अर्पण गरिएको थियोे त्यस्तै  रामप्रसाद पन्त वाङ्मय पुरस्कार नगद राशि ५५,५५५/-रुपैयाँ सहित कथाकार किशोर पहाडीलाई अर्पण गरिएको थियोे। 
शङ्कर कोइराला आख्यान पुरस्कार कोइराला परिवार तथा साहित्यकार सुश्री भद्रा घलेद्वारा स्थापित पुरस्कार हो भने कुमार-सरस्वती साहित्य पुरस्कार डा.कुमारबहादुर जोशीको परिवारद्वारा स्थापित पुरस्कार हो। त्यसैगरी, चूडामणि भाषा व्याकरण-कोश पुरस्कार चूडामणि गौतम जीवित छँदै उनले स्थापना गरेको पुरस्कार हो।

 रामप्रसाद पन्त वाङ्गमय पुरस्कार दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा नियात्राकार रामप्रसाद पन्तको परिवारद्वारा स्थापित पुरस्कार हो। 

फोटो
प्रमुख आमन्त्रित व्यक्तित्व महेश्वर शर्माले वैदिक सम्बोधन गर्दै दायित्व वाङ्गमय प्रतिष्ठानद्वारा आफू पनि पुरस्कृत तथा सम्मानित भइसकेको स्मरण गराएका थिए।पुरस्कार भन्ने कुरा ठूलो चिज हो तर यसको महत्त्व घट्न नदिन र गरिमा कायम राख्न सक्नुपर्ने बताए। प्रत्येकले आफ्नो दायित्व बोध गरेर दायित्व निर्वाह गर्नुपर्ने बताए। 

आमन्त्रित व्यक्तित्वहरूमा शङ्कर कोइरालाका सुपुत्र अनिल कोइराला,कुमारबहादुर जोशीका सुपुत्र कुमुद जोशी, चूडामणि गौतमकी धर्मपत्नी विष्णुमाया गौतम तथा सुपुत्र असीम गौतम, प्रतिष्ठानका पूर्व महासचिव लेखप्रसाद निरौला तथा सूर्यबहादुर सेन ओलीको समेत उपस्थिति रहेको थियोे। 
कार्यक्रममा प्रतिष्ठानका पूर्व महासचिव लेखप्रसाद निरौलाले  स्वागत मन्तव्य राखेका थिए।
  मन्तव्यका क्रममा उनले चारै जना पुरस्कृत तथा सम्मानित स्रष्टाहरूको संक्षिप्त परिचय सहित स्रष्टाहरूको कृतित्व तथा व्यक्तित्वमाथि प्रकाश पारेका थिए। 
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू