दमकमा कवि यश लामाको ´बहिष्कृत आवाज´ विमर्श सम्पन्न

दिलिप घिमिरे · असोज ६, २०८३ ९:२९ AM
Cover Image for News

दमकमा हेटौंडाका कवि यश लामाको ´बहिष्कृत आवाज´ विमर्श कार्यक्रम सोमबार सम्पन्न गरिएको छ। 

नेपाल लिटेररी ग्रुप,दमक झापाको आयोजना र किरात मुन्धुम प्रतिष्ठान ,मन्थन झापा ,रिडर्स ग्रुपको सहकार्यमा दमक लिटेररी ग्रुप दमक,झापाका अध्यक्ष कवि प्रकाश बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो। 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय सुमित्रा वाङ्देल चेली र मुनाराज सेर्माको उपस्थितिमा दमक स्थित द लाटे आर्ट क्याफेमा सोमबार साझ कवि यश लामाको कविता संग्रह बहिष्कृत आवाज विमर्श कार्यक्रम सम्पन्न गरिएको कवि विराट किरातीले जानकारी दिएका छन्। 

पाँच सर्जकहरुले यश लामा कृत बहिष्कृत आवाज कविता संग्रहबाट एक एक वटा कविता वाचन गरेका थिए ।
 कविता वाचन गर्ने कविहरुमा "गाउँ तिम्रै पर्खाइमा छ" कविता वैदिक अत्रीले,"माटोको गीत" कविता दिलिप राई सगरले,"गणतन्त्र दिवस "कविता गगन योक्पाङदेनले,"सुरक्षा कवच" कविता राजकुमार सुब्बाले,"सम्झना "कविता निहाङ किरातीले र "सम्मान" कविता जयबहादुर श्रेष्ठले वाचन गरेका थिए । 

विमर्शमा दुई वक्ता मुनाराज शेर्मा र सुमित्रा वाङदेल चेली थिए भने सहजकर्ताको भूमिका युवा साहित्यकार सानसेन पन्धाकले गरेका  थिए ।बहिस्कृत आवाज पछिल्लो पुस्ताले पढ्नै पर्ने  कविता सङ्ग्रह भएको वक्ताले सिफारिस गरेका थिए ।

FB_IMG_1790049569276.jpg 163.58 KB
पुस्तक विमर्श कार्यक्रममा अन्य कविहरुमा सुवास सजल,कृष्ण घिमिरे,शिशिर भट्टराई ,दिल भुटानी, ,जीवन वेघा,विवेक दुलाल क्षेत्री,चन्द्र साम्बाहाम्फे जय मोक्तान,राजन चापागाईं,कमल कटुवाललगायत उपस्थित रहेका थिए ।कवि दधि अज्ञातले कार्यक्रमको सञ्चालन गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।