दिलिप घिमिरेको`हजुर न´भा बेला´ म्युजिक भिडियो सार्वजनिक

खगिन्द्रा खुसी · भदौ २७, २०८१ १०:२३ PM
Cover Image for News


झापा । गजलकार दिलिप घिमिरेको एकल नयाँ साङ्गीतिक गजल `हजुर न´भा बेला´को भिडियो सार्वजनिक भएको छ ।गायिका भगवती खातीको स्वर रहेको यो गजलमा गायक तथा संगीतकार तारावीर पाण्डेको संगीत रहेको छ ।

झापाको शिवसताक्षी-१धरमपुर निवासी सुन्दर गजल सृजना गर्ने स्रष्टा हुन् दिलिप घिमिरे । सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम प्रस्तोता समेत रहेका घिमिरेले`तिमीलाई सम्झेपछि´गजल सङ्ग्रह र दुई दर्जनभन्दा बढी साङ्गीतिक गीत,गजलहरु यस अघि नै बजारमा ल्याइएका छन् ।

विगत दुई दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय तारावीर पाण्डे अब्बल गायक तथा संगीतकार हुन् ।
काठे भाकैले ,घामपानी घामपानी स्यालको बिहे,काली भन्या छैन मैले  जस्ता  दर्जनौ हिट गीत दिईसकेका गायक तथा  संगीतकार तारावीर पाण्डेको एकल गायन तथा संगीत र दिलिप घिमिरेको एकल शब्दमा यस अघि `भाग्य´एल्बम समेत बजारमा आइसकेको छ।

सङ्खुवासभामा पाँच सन्तान मध्ये जेठी सुपुत्रीका रुपमा जन्मिएकी खातीले सामाजिक संजालमा आफूलाई मन पर्ने गीतका टुक्काहरु गाउँदै पोष्ट गर्दै आइरहेकी थिइन् ।झापा गौरादहका कलाकार भुवन खड्काको सहयोगमा गायक तथा  संगीतकार तारावीर पाण्डेले मिठो आवाजकी धनी भगवती खातीलाई काठमाडौं ल्याएर आफ्नै संगीतको पहिलो तीज गीत र दोस्रो हजुर न´भा बेला गजलबाट साङ्गीतिक यात्रामा अवसर दिलाएका हुन्।

घर परिवारको रहर पूरा गर्न विदेशीएका नेपालीहरुको घर परिवार कसरी बिग्रिरहेको छ यही यथार्थलाई भिडियोमा चित्रण गरिएको छ।
यस भिडियोमा राजीव शाहले संगीत संयोजन गरेको यस म्युजिक भिडियोमा सागर गौतम,माया काफ्ले गौतम,अबिरल खेम र प्रेम श्रेष्ठ फिचर्ड छन्। सुनिल कुमार राउतले छायाँकन गरेको यस भिडियोलाई मनिश कार्कीले सम्पादन गरेका हुन्। अर्जुन पोख्रेलको निर्देशनमा बनेको भिडियोलाई भवसागर इन्टरटेन्टमेन्ट एल.एल.सि.युट्युवबाट सार्वजनिक गरिएको हो।

भिडियो लिङ्क-https://youtube.com/watch?v=KhJ4yH-Jblc&si=ETru_LWDAP1lBYvq

ट्यागहरू:
सहित्य literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४