दूबो र समयको बारुद दुई कृतिको विमोचन

आज नेपाली साहित्य समाजको आयोजनामा कृति विमोचन,समीक्षा र सम्मान कार्यक्रम उर्लाबारी नगरपालिकाको सभहलमा सम्पन्न गरिएको छ।
२११औँ भानु जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा कवि विष्णु न्यौपानेले रामायण पाठ गरेका थिए ।
नेपाली साहित्य समाजको प्रकाशनमा ४५० पृष्ठको ‘दूबो’ समसामयिक समालोचना विशेष अङ्क र इन्द्रेणी प्रकाशन असमको प्रकाशनमा कवि कविता शर्मा पौडेलको पहिलो कृति समयको बारुदको विमोचन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेल र विशिष्ट अतिथि उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलले संयुक्तरूपमा गरेका थिए ।
विमोचितो कृति दुबोक कृति समीक्षा समालोचक हेम अधिकारी र समयको बारुदको कृति समीक्षा असमका स्रष्टा अर्जुन निरौलाले गरेका थिए।
कार्यक्रममा यज्ञ परिश्रमीको कृति राराको लिलाको समीक्षा समालोचक मिश्र वैजयन्ती र गगन योक्पाङदेनको कृति केवाफूङको गीतको समीक्षा कवि अभागी थेगुवाले गरेका थिए।
यसै अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको उत्कृष्ट १० जना कविताभित्र पर्न सफल बेजोड कवि रुमानी कुलुङलाई कार्यक्रममा विशेष सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा इन्द्रेणी प्रकाशन असम भारतबाट साहित्यकार रुद्र बराल,अर्जुन निरौला ,पूजा आचार्य ,ऋषिकेश अधिकारी ,नैना अधिकारी ,अमित अधिकारी,गोमा निरौला,ज्योति हुमागाईँ,विनय पौडेल लगायतले स्रष्टा कविता शर्मा पौडेललाई कार्यक्रममा सम्मान गरिएको थियो।
नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको सभापतित्वमा
भएको कार्यक्रममा समाजका कार्यसमिति सदस्य ज्ञानप्रसाद निरौलाले स्वागत गरेका थिए भने सचिव युवराज काफ्लेले कार्यक्रम संचालन गरेका थिए।




