तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव उद्घाटन

दिलिप घिमिरे · माघ १३, २०८२ १०:२४ AM
Cover Image for News

झापा १२माघ/बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बाल-साहित्य महोत्सवको आइतबार उद्घाटन गरिएको छ ।

महोत्सवको उद्घाटन बाल गायिका कल्पना विष्टले गरिन् । तीन दिनसम्म सञ्चालन हुने नेपाल बाल-साहित्य समाज,ललितपुर महानगरपालिका,पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सह-आयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो ।

महोत्सवको अवसरमा बाल साहित्यकारहरू भिक्टर प्रधान,प्रमोद प्रधान,घनश्याम राजकर्णिकार र सिर्जना शर्मालाई रु १५/१५ हजार राशिको पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

फोटो
समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बाल साहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बाल-साहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बाल साहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन् । 

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक,अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुने महोत्सवमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा डा मिजानुर रहमान कल्लोलको मुख्य प्रस्तुति रहने महोत्सवका संयोजक यशोदा अधिकारीले जानकारी दिइन् ।

ट्यागहरू:
बालसाहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।