तेराखको तेस्रो स्मृति दिवस कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · असार १९, २०८१ १२:३७ PM
Cover Image for News

साहित्यकार तेजराज खतिवडा (तेराख)को तेस्रो स्मृति दिवस विविध कार्यक्रम गरि भव्यरुपमा सम्पन्न भएको गरिएको छ ।
 साहित्यकार तेजराज खतिवडा आफू जीवित हुँदै साहित्यकार तेजराज खतिवडा (तेराख) प्रतिष्ठानको स्थापना गर्नु भएको थियो।
 कार्यक्रममा वरिष्ठ साहित्यकार विरही अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संरक्षक लेखनाथ खतिवडाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 `मय´ विधाका प्रवर्तकका रुपमा मानिएका तेराखको  नेपाली साहित्यका लागि धेरै पुस्तकहरु प्रकाशित छन्।उहाँको व्यक्तित्व र कृतित्वको विषयमा प्राध्यापक तारा विविधले साहित्यकार तेराखका कृतिहरुको विधागतरुमा विस्तृत चर्चागर्दै उहाँले प्रस्तावना गर्नुभएको मय विधाबारे समेत जानकारी दिंदै तेराख नेपालको उत्कृष्ठ साहित्यकार, दूरदर्शी साहित्यिक नेताका रुपमा आफूले पाएको बताए ।
 कार्यक्रमको झापाका साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो भने कंचनजंघा एफ.एम.का प्रबन्ध निर्देशक चन्द्र भण्डारी, सासंक प्रतिष्ठानका सचिव शिरो सान्दाइ, लाल–भागिरथा स्मृति प्रतिष्ठानका अध्यक्ष हरिचण बाँनियाले तेराखको योगदानका विषयमा चर्चा गर्नुभएको थियो।त्यसैगरी सासंक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले तेराखबारे चर्चा गर्दै इरौंटार शान्तिनगरको इतिहास, व्यक्ति व्यक्तित्वबारे पुस्तक लेख्नुपर्ने र त्यसको आर्थिक जिम्मेवारी आफूले लिने बचन दिनु भयो ।
तेराखले आफू जीवित हुँदै प्रतिष्ठानको स्थापना गरि उहाँले सर्वप्रथम २०७६ सालमा स्रष्टा एकता मञ्चको व्यानरमा आफूले अध्ययन गरेको विद्यालय करफोक मा. वि. करफोक इलाममा साहित्यिक यात्राको थालनी गरेको र उहाँको देहवासन पश्चात् साहित्यिक यात्रालाई निरन्तरता दिँदै आएको समेत  प्रतिष्ठानका अध्यक्ष पौडेलले जानकारी दिए। 
कार्यक्रममा विविन्न ठाउँबाट स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रमकै अवसरमा प्रतिष्ठान परिसरभित्र साहित्यकार तेराखको सम्झनामा अम्बाका बिरुवा समेत रोपिएको  थियो ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
शिवकुमार पौड्याल
२ महिना अगाडि

संक्षिप्त समाचारबाट सबै जानकारी। बधाई छ दिलिपजीलाई ।

सम्बन्धित पोस्टहरू