ओहायोमा 'भाषा विरासत सभा-२०२६ शनिबार सम्पन्न
झापा १३ असोज /साहित्य परिषद् भूटान (LCOB) ले आयोजना गरेको 'भाषा विरासत सभा-२०२६ शनिबार ओहायोको रेनोल्ड्सबर्गमा सम्पन्न भएको छ ।
रेनोल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष भुवन प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रम क्रियमान फाउन्डेसनका अध्यक्ष भरत तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तिम्सिनाले "अतिथिहरूलाई निमन्त्रणा गरेर कार्यक्रममा उपस्थित गराउनु आफूले सोचेभन्दा कठिन हुने अनुभव सुनाए।उनले भाषा र साहित्य नयाँ पुस्तासम्म पुऱ्याउने प्रयासप्रति खुसी व्यक्त गर्दै गजल प्रस्तुत गरे।” 
सभामा परिषद्का प्रमुख सम्पादक तथा साहित्यकार शिव लाल दाहालले "भाषा विरासतका विषयमा विशेष सम्बोधन गरे । उनले नेपाली भाषाको ऐतिहासिक विकास, भुटानमा त्यसको सामाजिक अवस्था, पूर्वी नेपालका शरणार्थी शिविरमा भाषा तथा साहित्यको विकास र पुनर्वासपछि नयाँ पुस्तामा भाषा हस्तान्तरणका चुनौतीबारे चर्चा गरे ।
स्रष्टा कुबेर शर्माको कविता सङ्ग्रह 'परिधि' विमोचन गरियो । उक्त कृतिमाथि उपन्यासकार जे.एन. दाहालले संक्षिप्त समीक्षा प्रस्तुत गरे कवितामा हुनु पर्ने गुणहरूका बारेमा प्रकाश पारेका थिए ।
प्रारम्भिक सत्रमा कोलम्बसका बालबालिकाले योग, नृत्य र नेपाली भाषा कक्षासँग सम्बन्धित प्रस्तुति दिएका थिए । कार्यक्रममा भूटान गजल मञ्चका अध्यक्ष नेत्र आचार्य,उमा अधिकारी,नारद तिम्सिना, भरत तिम्सिना, काँशी अधिकारी,मदन दुलाल,कवि शिवलाल दाहाल, भीम अधिकारी, रणबहादुर अधिकारीले सिर्जना सुनाए ।
कार्यक्रममा साहित्यकार गंगा लामिटारे, डम्बर खरेल,काशी अधिकारी, भुवन प्याकुरेल र धनञ्जय भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
परिषद्की उपाध्यक्ष तिला अधिकारी आचार्यले स्वागत मन्तव्य राखेकी कार्यक्रममा परिषद्का अध्यक्ष खेम रिजालले सञ्चालन गरेका थिए ।