तेराख साहित्य प्रतिष्ठानको आठौं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न
झापा १३ बैशाख/तेराख साहित्य प्रतिष्ठानको आठौं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम शनिबार धुलाबारीमा सम्पन्न गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता,राष्ट्रिय सभाका माननीय सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य,लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठान,कलकत्ताका पदाधिकारी प्राडा.किरण सुब्बा, सन्तोषचन्द्र दर्नाल तथा दार्जिलिङका सुरेश राई,आख्यानकार पुण्यप्रसाद खरेल,वरिष्ठ पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी,शान्तिनगरका रत्नहरु कृषिविद् भानुभक्त पोखरेल,ताराराज पौडेल ‘विविध’,चूडामणि वशिष्ठ, डिल्लीराम खतिवडा,भीमबहादुर केप्छाकी आदिलाई विशिष्ट आतिथ्य गराएर कार्यक्रम अघि बढ्यो ।
कार्यक्रममा पत्रकार विनोद पाण्डेले छायाङ्कन गरेको साहित्यकार तेराखको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
तोयालाल दाहालले तेराखको परिचयात्मक कविता र नायुसा खतिवडाको बाल कवितापछि प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले प्रतिष्ठानको परिचय संक्षिप्तमा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा`तेराख महाकवि देवकोटा साहित्य पुरस्कार´लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठान,कलकत्तालाई तथा `तेराख महाकवि देवकोटा साहित्य पुरस्कार´पुरस्कार भद्रपुर निवासी सहप्राध्यापक चूडामणि वशिष्ठलाई रु ५१ हजार राशि र माला,अबिर,दोसल्ला तथा सम्मानपत्रद्वारा पुरस्कृत गरियो । लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानको पुरस्कार प्रतिष्ठानका पदाधिकारी प्राडा.किरण सुब्बाले ग्रहण गर्नुभयो।यस्तै रु २१ हजार राशिको ´मधुसूदन उत्कृष्ट कृषक पुरस्कार` शान्तिनगरका किसान भीमबहादुर केप्छाकीलाई प्रदान गरियो भने २१ हजार राशिको `पद्मा उत्कृष्ट छात्रा पुरस्कार´धुलाबारी माविबाट बाह्र कक्षामा ३.८ जिपिए ल्याएर पास गर्ने सञ्जु नेपाललाई प्रदान गरियो ।
कार्यक्रममा चन्द्र भण्डारी,पुण्यप्रसाद खरेल, प्राडा. किरण सुब्बा,प्रमुख अतिथि माननीय गोपालकुमार बस्नेतले बधाई तथा शुभकामना,पुरस्कृत व्यक्ति चूडामणि वशिष्ठ,सञ्जु नेपालले कृतज्ञता व्यक्त गर्नुभएपछि अध्यक्षले सबैप्रति धन्यवाद व्यक्त गरेर कार्यक्रम समापन भएको थियो ।
सचिव जय भण्डारी तथा मुना रानाको संयुक्त सञ्चालन रहेको उक्त कार्यक्रममा जय भण्डारी लिखित डा.टीका भण्डारीको सङ्गीत तथा स्वर भएको संस्थाको गीत समेत प्रस्तुत गरियो ।