तारा खत्रीको कविता सङ्ग्रह ‘जितको उज्यालो’ विमोचित

खगिन्द्रा खुसी · फागुन ९, २०८२ ७:३४ AM
Cover Image for News

झापा, फागुन ९ गते । राजधानीमा आयोजित एक कार्यक्रममा कवि तारा खत्री रोकायाको कविता कृति ‘जितको उज्यालो’ को विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, निबन्धकार युवराज नयाँघरे, कृतिकार तारा खत्री, बम बानियाँलगायतले कृतिको विमोचन गर्नुभएको हो । 

कुलपति राईले कविताको सिर्जनात्मक गति सधैँ उच्च हुने हुनाले कवि तारालाई सचेत भएर काव्यकर्ममा लाग्न सुझाव दिनुभयो । कृतिबारे आफ्नो समीक्षात्मक विचार राख्दै निबन्धकार नयाँघरेले कविले स्वतन्त्र विचारसहितका यी कविताले समकालीन नेपाली समाजको चिरफार गरेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, सन्ध्या पहाडीलगायतले कवि ताराको समग्र साहित्यिक योगदानमाथि चर्चा गर्नुभएको थियो । 

ट्यागहरू:
literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।