कवि तारा खत्री रोकायको दोस्रो कृति´जितको उज्यालो´कविता कृति लोकार्पण
झापा ९ फागुन /कवि तारा खत्री रोकायको जन्मदिनको अवसरमा दोस्रो कृति´जितको उज्यालो´कविता कृति बिहीबार काठमाडौंमा लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई,प्राज्ञ बाबा बस्नेत,निबन्धकार युवराज नयाँघरे,कवि सन्ध्या पहाडी, समालोचक डा. हेम भण्डारी,कृतिकार तारा खत्री,बम बानिया लगायतले कृतिको लोकार्पण गरेका थिए । 
कुलपति राईले कविताको सिर्जनात्मक गति सधैं उच्च हुने हुनाले कवि तारालाई सचेत भएर काव्यकर्ममा लाग्न सुझाब दिएका थिए।कवि रोकायाले कृतिमा समेटिएका कविताहरूले समाजका विविध अनुभव,संवेदना र जीवन संघर्षका कथाहरू उजागर गर्ने बताउँदै पाठकको साथ र समर्थनप्रति आभार व्यक्त गरिन्।
रोकायको पहिलो कृति शुक्लाम्भरा पाठक माझ लोकप्रिय भएको छ ।
रावासावा प्राज्ञिक समाजले आयोजना गरेको उक्त समारोहमा उल्लेख्य संख्यामा कवि- लेखकहरूको उपस्थिति थियो।कार्यक्रमको सञ्चालन कवि चन्द्र रानाहाँछोले गरेका थिए ।