स्रष्टा महेन्द्र कोइरालाको एकल कविता वाचन कार्यक्रम सम्पन्न
झापा, फागुन ५ । स्रष्टा महेन्द्र कोइरालाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वि.सं.२०५७-०५८ तिर कान्तिपुर पत्रिकामा हास्यव्यङ्ग्यात्मक लेखहरुको नियमित स्तम्भ लेखेर लेखनका क्षेत्रमा स्थापित हुनुभएका झापा चन्द्रगढी बजार निवासी कोइरालाले आफूले लेखेका उत्कृष्ट आठ कविता वाचन गर्नुभएको थियो । कोइरालाले वाचन गर्नुभएको कविताको समीक्षा प्रा.डा.गङ्गाप्रसाद अधिकारीले गर्नुभएको थियो । 
वर्तमान साहित्य प्रतिष्ठानको २८औँ वार्षिक साधारण सभाका अवसरमा आयोजना गरिएको सो कार्यक्रममा प्रतिष्ठानको नयाँ कार्यसमिति समेत गठन गरिएको थियो । डिल्लीरमण नेपालको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्क्षमा विकाश पाण्डे, सचिवमा महेन्द्र कोइराला, कोषाध्यक्षमा प्रिया दास र सदस्यहरुमा गोपाल शिवाकोटी, गीता सुवेदी नेपाल र द्रोण अधिकारीलाई सर्वसम्म चयन गरिएको थियो ।