तिमीभित्रको उज्यालो

ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे · भदौ २०, २०८३ ७:३८ AM
Cover Image for News

बाल कविता           
 तिमीभित्रको उज्यालो 

                    ✍️ ओसीका लिम्बू 

              
मुस्कानभित्र पीडा लुकाएर,
तिमी हिँड्छौ सपना सजाएर।
बाटोमा जति आँधी आए पनि,
तिमी रोकिन्नौ, 
हार मान्दिनौ कहिल्यै। 

कहिले हराउँछौ आफ्नै बाटोमा,
कहिले डुब्छौ सम्झनाको छायामा।
तर अँध्यारो सधैँ कहाँ रहन्छ र?
उज्यालो बोकेर बिहान आउँछ। 

मन दुखे पनि हाँस्न सक्छौ,
लडेर फेरि उठ्न सक्छौ।
आँखामा आँसु आए पनि,
ओठमा मुस्कान राख्न सक्छौ। 

तिमीलाई थाहा नहुन सक्छ,
तिमी आफैँमा सुन्दर कथा हौ।
संसारले नदेखे पनि तिम्रो संघर्ष,
तिमीभित्र बलियो आत्मा छ। 

भोलि के हुन्छ, थाहा छैन,
आजलाई मुस्कुराउँदै बाँच।
तिमी सूर्य बन्नै पर्दैन,
सानो तारा बनेर पनि चम्क। 

किनकि तिम्रो आफ्नै उज्यालो छ,
तिम्रो आफ्नै आकाश छ।
यो विशाल संसारभित्र
तिमीजस्तो खास कोही छैन।
 
अरूलाई सम्झेर जीवन नसाँच,
आफ्नै खुसीमा मुस्कुराउँदै बाँच।
तिमीभित्र हजारौँ आशा छन्,
ती आशामै तिम्रा सासहरू छन्। 

ननिभाऊ तिम्रा ज्योतिहरू,
ती ज्योतिहरू नै तिम्रा साथी हुन्।
आफूलाई आफ्नै अँगालोमा बाँध,
आफूलाई आफैँले चिन। 

तिमीभित्र लुकेको उज्यालो चिन,
आफ्नो आकाश, आफ्नो बाटो चिन।
तिमी अरूजस्तो बन्नै पर्दैन—
तिमी तिमी नै भएर चम्क।

               ©     कक्षा-१०                                                   मेची इङलिस बोर्डिङ स्कुल,
                       शिवसताक्षी-१० माइधार,झापा 

ट्यागहरू:
शिक्षा #साहित्य #अतिरिक्त क्रियाकलाप #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
साथी
साथी
✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६