मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न
झापा १९ भाद्र/मेची इङलिस बोर्डिङ स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत आज शुक्रबार मेची इङलिस बोर्डिङ स्कुल शिवसताक्षी-१० माइधार झापामा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम गरिएको हो।
विद्यालयका प्रधानाध्यपक पदमजंग कुँवरको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य तथा समालोचक मुनाराज शेर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शेर्माले यस्ता साहित्यिक गतिविधिले विद्यार्थीहरुमा सिर्जनशीलता,आत्मविश्वास,अभिव्यक्ति क्षमता र साहित्यप्रतिको रुचि बढाउने बताए ।
साहित्यकार तथा गजलकार विवश बलिभद्र कोइरालाले कविता लेखन र वाचन सीपको विकासको सम्बन्धि सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्रष्टा कवि विराट किराँती,साहित्यकार तथा सञ्चारकर्मी सेलिङ केसी,दिलिप घिमिरेले सृजना वाचन गरेका थिए भने सतासी खबरका पत्रकार रोम मगरले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सतासी खबर सह-सम्पादक छविलाल दवाडी ,सतासी अनलाइनका सञ्चारकर्मी विष्णु श्रेष्ठ ,भूगोल नेटवर्कका ताङसाङ गगन ,सृजनशील खबरका पत्रकार किशोर राई लगायतको उपस्थिति रहेको थियो।
कविता वाचन गर्ने विद्यार्थीहरुमा अलिना पौडेल, स्वेता बोहोरा, सिमरन संग्रौला,सन्ध्या खत्री,कृषा बोहोरा,ओशिका लिम्बू,प्रिन्सिका बाँस्कोटा,जस्मिन गहतराज,रोमिक दहाल,युना प्रसाईँ रहेका थिए ।
स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश स-प्रअ सूर्यप्रसाद अधिकारीले गरेका थिए भने कार्यक्रम सञ्चालन गोपाल मैनाली गरेका थिए।