गीतकार सत्यनारायण तायलको तीजगीत "फुर्ति कति धेरै” सार्वजनिक
साहित्यकार कवि तथा गीतकार सत्यनारायण तायलको तीज गीत "फुर्ति कति धेरै … ।” सार्वजनिक भएको छ । गायक निरज पोख्रेलले सङ्गीत गर्नुभएको तथा निरज पोख्रेल तथा गायिका पवित्रा ओलीले आवाज दिएको सो गीत तीजको अवसर पारेर गत हप्ता बजारमा आएको हो । तायल ग्रुप नेपालले निर्माण गरेको सो गीत जिएमएस डिजिटल (GMS DIJITAL) बाट हेर्न सकिने गीतकार तायलले जानकारी दिनुभएको छ ।
प्राकृतिक विपत्तिको समयमा बजारमा आएको यस गीतबाट भएको आम्दानि बाढी पीडितलाई सहयोगार्थ प्रदान गर्ने कुराको जानकारी समेत गीतकार तायलले जानकारी दिनुभएको छ । लबकुश गौतमको निर्देशन ,कुमार अनुरागीको कोरियोग्राफी, कलाकारहरु सन्जय शिबाकोटी,माही शर्मा ,मनिसा बुडाथोकी, अभिशेक आचार्य ,महेश बुडाथोकी,खुसी सुवेदी, सृजन मैनाली आदि कलाकारको मुख्य भुमिका रहेको सो गीतलाई
दमक स्थित काब्य रेकड्समा रेकर्डिङ गरिएको हो । अशोक थापाद्वारा एरेन्ज गरिएको तथा हरी चौधरी र तिलक रीजाल सम्पादन रहेको छ म्युजिक भिडियोको सम्योजन प्रदिप कुमार महत्तो ले गरेका हुन ।