कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित
२०८३ भदौ २०, इलाम । कवि प्रतिभा पौडेलको सातौँ कृति (महाकाव्य) ‘तितिक्षा’ हिजो इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।
लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले ‘तितिक्षा’ महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राख्नुभएको थियो। उहाँहरूले कृतिले समेटेका विषयबस्तु, सामाजिक सरोकार र साहित्यिक पक्षबारे चर्चा गर्नुभएको समाचार साहित्यकार राधेश्याम लेकालीबाट प्राप्त भएको छ।