छोरीको पहिलो उडान

पातलो अन्तरे · भदौ १९, २०८३ ९:४६ AM
Cover Image for News

सानो हातले ठूलो सपना समेटेको थियो
आँखाभरि उज्यालो, मनभरि हर्ष बोकेर
अमेरिकाको आकाश छोडी
नेपालतिर लाग्दा 
उनले पहिलोपल्ट नजिकबाट जहाज देखिन् 
उनको अनुहारमा फक्रिएको मुस्कान
मेरो मुहारमै आएर बस्यो
जस्तो कुनै ऐना
जहाँ उसको खुशी मेरो बनेको थियो।

जहाजभित्रको त्यो सिटमा बस्दा
थोरै डर, थोरै उत्साह
मिश्रित भावनाको रंगीन चित्र
हेरीरहुँ लाग्ने चकचक 
निर्दोष प्रश्नहरूको निरन्तर झरी।

“जहाज बोल्छ?” 
“नाच्छ पनि होला नि?”
“ठूलो जहाजको आमा को हो?”
“जहाजले के खान्छ?”
“कति जना बेबी हुन्छ जहाजको?”

ती प्रश्नहरूमा लुकेको थियो
उसको कल्पनाको आकाश
जहाँ सबै कुरा जीवित थिए
जहाज पनि, बादल पनि, सपना पनि।

कहिलेकाहीँ शब्द नपुग्दा
उसको आँखाले भन्थ्यो
मौनमै बुझिन्थ्यो
उ त्यो क्षणलाई
पूर्ण रूपमा बाँचिरहेकी थिई।

लामो यात्रा भए पनि
एकै पटक धेरै जीवन जस्तै लाग्ने
नयाँ अनुभवहरूको संगालो
जहाँ आकाश मात्र होइन
हामी दुवैको मन पनि उडिरहेको थियो।

छोरीको पहिलो उडान
स्मृतिको अमूल्य पाना बन्यो
जहाँ हर्ष, डर, जिज्ञासा र माया
एकैसाथ लेखिए
अनन्त आकाशको डायरीमा।

ट्यागहरू:
literature puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
साथी
साथी
✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६