साथी
बाल कविता
✍️रीदम गिरी
साथी
मर्दा र पर्दा सधैं साथ दिने,
तिमी नै हौ साथी
आमापछि मेरो चिन्ता गर्ने,
तिमी नै हौ साथी
खेल्थ्यौँ नि हामी एक अर्कासँगै
र भाग्थ्यौँ रमाई
कहिले हामी गाली खान्थ्यौँ,
कहिले खान्थ्यौँ मिठाई।
सँगै खानेसँगै सुत्ने,
तिमी थियौ नि साथी
कहिले नछुुट्ने साथमै बस्ने,
बाचा गरेका थियौं नि,
त्यो बचन पूरा भएन हाम्रो
मित्रता थियो अति नै राम्रो
छुट्टिने भयौं नि हामी प्रीय साथी,
सम्झिनेछु है तर म हरेक राति
तिम्रो र मेरो मित्रताको
बन्छ होला कथा
सुन्छौ होला आफ्नै कथा
तर पुग्छौहोला कता।
©
ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६