साथी

✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे · भदौ १८, २०८३ ११:२२ AM
Cover Image for News

बाल कविता
                     ✍️रीदम गिरी
 साथी
मर्दा र पर्दा सधैं साथ दिने,
तिमी नै हौ साथी
आमापछि मेरो चिन्ता गर्ने,
तिमी नै हौ साथी
खेल्थ्यौँ नि हामी एक अर्कासँगै
र भाग्थ्यौँ रमाई
कहिले हामी गाली खान्थ्यौँ, 
कहिले खान्थ्यौँ मिठाई। 

सँगै खानेसँगै सुत्ने,
तिमी थियौ नि साथी
कहिले नछुुट्ने साथमै बस्ने,
बाचा गरेका थियौं नि,
त्यो बचन पूरा भएन हाम्रो
मित्रता थियो अति नै राम्रो 

छुट्टिने भयौं नि हामी प्रीय साथी,
सम्झिनेछु है तर म हरेक राति
तिम्रो र मेरो मित्रताको 
बन्छ होला कथा
सुन्छौ होला आफ्नै कथा
तर पुग्छौहोला कता।
                  ©

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६