श्याम सिंघकलाई ´मनमाया स्मृति साहित्य पुरस्कार

बैशाख ६गते/आख्यानकार श्याम सिंघकलाई ´मनमाया स्मृति साहित्य पुरस्कार २०८२´ प्रदान गरिने भएको छ।
सिंघक बहुचर्चित उपन्यास रेमिटल्याण्डका लेखक हुन्।उनको भर्खरै कोइलाखाद उपन्यास बजार आएको छ।
`कला, साहित्य र संगीतमा समर्पित´
मनमाया बान्तावा स्मृति प्रतिष्ठान
शिवसताक्षी न.पा. - १, धरमपुर, झापामा२०७५ सालमा स्थापित संस्था हो।
छोराहरू साहित्य स्रष्टा विराट किराँती,शिव किराँती र निहाङ किरातीले ममतामयी आमा मनमाया बान्तावा “रुछेङबुङ" को स्मृतिमा मनमाया बान्तावा स्मृति प्रतिष्ठान
स्थापना गरी प्रतिष्ठानद्वारा हरेक वर्ष साहित्य / कला / संगीत मध्ये एकजना विशिष्ट व्यक्तिलाई मनमाया
बान्तावा स्मृति पुरस्कार २०७५ सालदेखि प्रदान गरिदै आएको छ।
पुरस्कार कविता नेपाल (कला - २०७५), प्रकाश थाम्सुहाङ (साहित्य - २०७६), रोहित खपाङ्गी
(संगीत-२०७७), कविता राई गाउँले (साहित्य - २०७९), विमला तुम्खेवा (साहित्य - २०८०) र काङमाङ नरेश राई (साहित्य २०८१) बाट सम्मानित भई सक्नु भएको छ ।
यस वर्ष लामो समयदेखि साहित्यको विकास र उन्नयनका निम्ति अमूल्य योगदान गर्नु हुने आख्यानकार श्याम सिंघकलाई ´मनमाया स्मृति साहित्य पुरस्कार २०८२´ बाट पुरस्कृत गर्ने निर्णय भएको कुरा मनमाया बान्तावा स्मृति प्रतिष्ठानका संरक्षक विराट किराँतीले बैशाख ५ गते सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
नगद राशी सहितको पुरस्कार आगामी जेठ महिनाको दोस्रो साता शिवसताक्षी-१,धरमपुरमा अवस्थित नवनासो साहित्य प्रतिष्ठानको सभाहलमा एउटा भव्य कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने मनमाया बान्तवा स्मृति प्रतिष्ठानका अध्यक्ष गजलकार निहाङ किराँतीले बताए।




