शशिकला स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी काफ्ले र ढकाल पुरस्कृत

दिलिप घिमिरे · असोज ३, २०८१ ७:२१ PM
Cover Image for News

 संविधान दिवसको अवसरमा शशिकला स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी काफ्ले  र ढकाललाई पुरस्कृत गरिएको छ।
 सशस्त्र द्वन्द्वका क्रममा तात्कालीन शाही सेनाद्वारा गोली हानी हत्या गरिएकी शशीकला शर्माको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट इलामका सञ्चारकर्मी रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत हुनुभएको हो ।  
 विगत शशस्त्र द्धन्दका क्रममा २०६० असोज २६ गते तात्कालिन शाही सेनाले इलाम नगरपालिका ३ पुवामझुवामा शर्मालाई गोली प्रहार गरी हत्या गरेका थिए । शर्मा तात्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादक थिइन् । इलामस्थित सहिद स्मृति प्रतिष्ठानले शर्माको स्मृतिमा यो पुरस्कार स्थापना गरेको थियो । पुरस्कारबाट यसअघि इलामका पत्रकार रीता राराहाङ, भगीरथ भण्डारी र चेतन आङ्थुपो पुरस्कृत भइसक्नु भएको छ । 
 पत्रकार काफ्ले पालिकापेज सहित झापा डटकम र ढकाल पालिकापेजसहित इलाम एफएममा कार्यरत पत्रकारहरु हुन् ।
 प्रतिष्ठानका अध्यक्ष धीरेन्द्र शर्मा रमण र प्रतिष्ठानका सल्लाहकार टीका घिमिरेले काफ्ले र ढकाललाई जनही सात हजार रुपियाँ नगदसहित पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार आज संविधान दिवसको अवसर पारेर प्रदान गरिएको हो । 

ट्यागहरू:
कला
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू