सरगमको २२औँ वार्षिकोत्सवमा मातृभाषा संरक्षण कार्यक्रम सम्पन्न
झापा१२ माघ/सरगम संगीतालय बिर्तामोडले आफ्नो २२औँ वार्षिकोत्सव मातृभाषा संरक्षण सम्बन्धि कार्यक्रम गरि शनिबार सम्पन्न गरेको छ ।
विद्यालयका प्रमुख सल्लाहकार श्रीकृष्ण मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गीतकार शिवशङ्कर थापा प्रमुख अतिथि रहेका थिए।
सरगम संगीतालयले आफ्नो २२औँ वार्षिकोत्सव मातृभाषा संरक्षण अन्तरगत राजवंशी भाषाको गीतबाट स्वागत गरिएको कार्यक्रममा विद्यालयका संस्थापक एवम् सञ्चालक दिपक रायमाझीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा मातृभाषाअन्तर्गत पालम,मुस्लिम,देउडा,तमु गुरुङ, खैजडी,तामाङ सेलो,ख्याली,हुर्रा,सङ्गीनी,मैथिली,संस्कृत,हुड्केली,नेवारी,राई र बालन गरेर जम्मा १६ भाषा तथा पुराना संस्कार संस्कृति झल्किने प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।
वाद्यवादनतर्फ बाँसुरीमा मित्र मगर,किबोर्डमा भीम केरुङ,तवलामा दिनेश घिमिरे,प्याडमा राजु तामाङ र गीतारमा शाश्वत खत्रीले साथ दिएका थिए ।
साहित्यकार केशव आचार्य, कृष्ण योञ्जन, तुलसीप्रसाद भट्टराई, देवीभक्त श्रेष्ठ, हस्त परियार र लक्ष्मी श्रेष्ठ विशिष्ट अतिथि तथा कुमार श्रेष्ठ,हेमा भण्डारी योञ्जन,खिलप्रसाद शिवाकोटी,भेषराज चम्लागाईँ र सुनिता तामाङको आतिथ्य रहेको थियो ।
कार्यक्रममा साहित्यकार केशव आचार्यले पौराणिक संस्कार संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा भाषा,कला र संस्कृतिको प्रवाह गर्न गरेर यस विद्यालयले खेलेको भूमिकाको सराहना गरेका थिए।त्यस अवसरमा समाजसेवी खिलप्रसाद शिवाकोटीले नगद ५ हजार सहयोग गरेका थिए ।
कार्यक्रममा लोकभाकालाई गाउँदेखि शहरसम्म अविछिन्न गाइरहने कचनकवल २ सङ्गीत चोक निवासी मण्डल गाइनेलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।कार्यक्रमको सञ्चालन लीला खत्री खतिवडाले गरेका थिए ।