सङ्गमको पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · असोज ४, २०८१ १०:३५ PM
Cover Image for News

 ४ असोज २०८१  । आज झापाको दमकमा रचना वाचन तथा कृति चर्चा कार्यक्रम सम्पन्न भएको छ । साहित्य कला सङ्गमको नियमित कार्यक्रमको ४३औँ श्रृङ्खला अन्तर्गत सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु न्यौपानेको सभाध्यक्षता तथा खेमलाल पोख्र्रेलको प्रमुख आतिथ्य रहेको थियो । सँस्थाका उपाध्यक्ष दुर्गा काफ्ले तथा महासचिव दीपक सुवेदीद्वारा सन्चालन गरिएको कार्यक्रममा चन्द्र मादेन 'आन्छान'को कृति 'आन्छनका कथाहरु'माथि परिचर्चा गरिएको थियो । कृतिमाथि परिचर्चा स्रष्टा द्वय विन्दु दाहाल 'मुकदर्शक' तथा बाँस्कोटा धनन्जयद्वारा गरिएको थियो ।

साहित्य कला सङ्गम्को आयोजनामा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष यादव प्रसाद अधिकारी 'झाँक्रीखोले'द्वारा स्वागत मन्तव्य राखिएको थियो भने रचना वाचनको सुरुवात समेत झाँक्रीखोलेका कविताबाट नै भएको थियो । कार्यक्रममा स्रष्टाहरु गोपाल दाहाल, खड्ग बहादुर खड्का, अम्बिका प्रसाद सापकोटा, यादव प्रसाद नेपाल, दधिराम खनाल, शान्तप्रसाद भट्टराई, दीपक सुवेदी, कृष्ण उदासी, राजकुमार खड्का लगायत दर्जन बढी स्रष्टाहरुले कविता वाचन गरेका थिए भने कृष्णप्रसाद सिक्देल तथा कृतिकार मादेन आन्छानले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम साहित्यसङ्गमको सभाहल दमकमा सम्पन्न भएको कुरा स्रष्टा तथा सँस्थाका उपाध्यक्ष झाँक्रीखोलेबाट प्राप्त भएको छ ।  

 

 

ट्यागहरू:
सहित्य samachar sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।