साम्राज्य
साम्राज्य
✍️कविता शर्मा
पिल पिल आँसु खसाएर हुन्न
मुटुलाई पत्थर सजाउँनु छ
ढुङ्गा घोटेर आगो निकाल्दै
बारुद बनाइ पड्काउँनु छ ।
उत्तप्त बिषाद्को विध्वङ्सी ज्वालामा
दानवहरुलाई होम्नु छ
ढुकढुकी मात्रै बोकेर भएपनि
प्रगतिको सिँढि चड्नु छ ।
शान्तीको हावा चलाउनलाई
चखेवा जोडी उडाउनु छ
बिषाद् कुण्डको आगो निभाउँन
ज्ञानको खोल्सो बगाउँनु छ ।
तमोमय अज्ञता हटाएर
निर्मल आलोक छर्नु छ
अनेकताको डोरी चुडाएर अब
सादृश्यको माला गाँस्नु छ ।
निस्तब्दताको जन्तर लगाएर
सामाजिक क्लेश मिटाउँनु छ
एकताको सुत्रमा बेरिएर सबैले
हर्षको ओखती खोज्नु छ
सामन्जस्यको किलो ठोकेर
सगंतीको पघा लगाउँनु छ
पराक्रम आफैं देखाएर आज
साम्राज्य नौलो बनाउनु छ ।।
दुराचारीहरुको दाम्लोलाई
बाट्नै नपाइ चुडाउँनु छ
संकल्प दृड राखेर मनमा
पक्षपात गर्नेलाई मेटाउँनु छ ।।
अनुक्रम खै त संयोगको
मानवता पनि झुल्किन्न रति
अनयासै गुमाए धेरैले प्राण
ज्यान मारा निर्मुल पार्नु छ अति ।।
शिष्टताको ज्योति झल्काउनु छ
तरक्कीको झाडु लगाएर
कसिङर रुपि दुर्यणलाई
डढाउँनु छ तत्वज्ञान दिलाएर ।।
धुत्ने छ्लाहाहरुलाई मास्नु छ
किथ्रो सुइकाए झैँ
अघि बढ्ने छ साम्राज्य हाम्रो
अमृत सुधा बर्सिए झैं ।।
बगाइगाउँ,असम