समानान्तर उज्यालो
नडराऊ
रातपरे पनि
बिहानको आशा रित्तिएको छैन
तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा
मेरै अनुहारमा ठोक्किएर
कैयन् उज्याला युगहरू फर्किए
देखेकै छौ ?
यो अनुहारभरि
तिनै युगको पीडा छ
समानान्तर उज्यालो बोकेका
ती युगहरू
कहिल्यै बन्द नहुने
खापा रहेछन्
तिम्रो चोरझ्यालबाट
अलिकति चियाएर हेर त !
त्यो उज्यालो
अहिले
तिम्रै ढोका ढक्ढकाइरहेछ।
- गीता त्रिपाठी
ट्यागहरू:
सहित्य
literature
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
krishna bause
२ बर्ष अगाडि
अहा ! "अलिकति चियाएर हेर त ! त्यो उज्यालो अहिले तिम्रै ढोका ढक्ढकाइरहेछ।"
सम्बन्धित पोस्टहरू
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६