समानान्तर उज्यालो
नडराऊ
रातपरे पनि
बिहानको आशा रित्तिएको छैन
तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा
मेरै अनुहारमा ठोक्किएर
कैयन् उज्याला युगहरू फर्किए
देखेकै छौ ?
यो अनुहारभरि
तिनै युगको पीडा छ
समानान्तर उज्यालो बोकेका
ती युगहरू
कहिल्यै बन्द नहुने
खापा रहेछन्
तिम्रो चोरझ्यालबाट
अलिकति चियाएर हेर त !
त्यो उज्यालो
अहिले
तिम्रै ढोका ढक्ढकाइरहेछ।
- गीता त्रिपाठी
ट्यागहरू:
सहित्य
literature
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
krishna bause
एक बर्ष अगाडि
अहा ! "अलिकति चियाएर हेर त ! त्यो उज्यालो अहिले तिम्रै ढोका ढक्ढकाइरहेछ।"
सम्बन्धित पोस्टहरू
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६