सीमा आभासको महायुगमाथि मन्थन
झापा २० माघ/साहित्यकार सीमा आभासको ‘महायुग’ उपन्यासमाथि शनिबार मन्थन गरिएको छ।
बाग्द्वार साहित्य समाज,बूढानीलकण्ठको आयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा काठमाडौमा कार्यक्रम भएको हो।अनिता कोइरालाले सहजीकरण गरेको कार्यक्रममा डा ज्ञानु अधिकारी र प्रगति राईले कृतिमाथि चर्चा गरेका थिए ।
कार्यक्रमका वक्ताद्वय अधिकारी र राईले स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिन्नका लागि महायुग पढ्नै पर्ने बताए । उनीहरूले उपन्यासमा महिलाभित्रको शक्ति र चेतनालाई उपन्यासमा कलात्मक स्वैरकल्पनाको माध्यमबाट समेत सुन्दर तवरले व्यक्त गरिएको बताए।
उपन्यास`महायुग´समकालीन नेपाली साहित्यमा देखिँदै आएको नारीवादी लेखनभन्दा भिन्न उचाइमा उभिएको नारीवादी कृति हो।