सिलगढी साहित्य समाजको उद्घाटन

खगिन्द्रा खुसी · असोज १, २०८१ ३:१६ PM
Cover Image for News

२०८१ असोज १, सिलगढी,भारत ।

हिँजो भदौ ३१ गते (१६ सेप्टेम्बर २०२४) देवकोटा संघ, सिलगढीमा "सिलगढी साहित्य समाज"को विधिवत उद्घाटन भएको छ । सिक्किम साहित्य परिषदका अध्यक्ष साहित्यकार हरि ढुङ्गेलको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली भारतको राष्ट्रगान बन्दे मातरमका सर्जक वकिमचन्द चटोपाध्यायका पाचौँ पुस्ताका कवि जयदीप चटोपाध्याय साहित्यकार डा.वन्दना गुप्ता प्राज्ञ सुभद्रा भट्टाई लगायतको विशेष आतिथ्य रहेको थियो । 

संस्थाकी कार्यकारी अध्यक्ष लतिका जोशीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको पहिलो चरणमा साहित्यकार राधेश्याम लेकाली, अध्यक्ष सुब्रत दत्तद्वारा विशेष मन्तव्य राख्दै संस्था स्थापनाको उदेश्य र रणनीतिको बारे स्पष्ट पारिएको थियो

कार्यक्रममा पुस्तक लोकार्पण, बहुभाषिक कविगोष्ठी तथा सांस्कृतिक प्रस्तुतिहरु सहितको उक्त कार्यक्रममा समाजको कार्यसमिति र सल्लाहकार समितिको घोषणा पनि गरिएको थियो । 

समाजको कार्यसमितिमा अध्यक्ष सुब्रत दत्त, कार्यकारी अध्यक्ष लतिका जोशी, उपाध्यक्षद्वय डा. गौरी चौधरी र डा. वन्दना गुप्ता, महासचिवद्वय उषा नन्दी र सोमित्र कुण्डु, सचिव इन्द्रजीत कौर र कोषाध्यक्ष नन्दिता भौमिक रहनु भएको छ ।  यसैगरी कार्यसमितिको सदस्यहरु लीला छेत्री, शिखा रोय, सोमा चौधरी, दीपा कर, पल्लवी पल र प्रसान्त पण्डित रहनु भएकोछ ।

photo
सल्लाहकार समितिमा भने डा. टी के चटर्जी, राधेश्याम लेकाली (नेपाल), कवि जयदीप चटोपाध्याय (कोलकाता), आशा मुखिया (खरसाङ), डा. तपती हाल्दार, ललिता क्षेत्री र रहनु भएको छ ।

       कार्यक्रमको दोस्रोचरणमा कवि अमर वानियाँ लोहोरो (सिक्किम)को अनुवाद कविता कृति "जीवन चित्र"को लोकार्पण गरिएको थियो । बाङ्ला भाषामा अनुवाद गरिएको सो कृतिको समीक्षा उत्तर बंग विश्वविद्यालयका पूर्व कुलपति डा. तापस चटर्जी र साहित्यकार प्रा. कृष्णराज घतानीले गर्नु भएको थियो । सोही कार्यक्रममा कवि अमर वानिया लोहोरोलाई मायाको चिनोसहित विशेष सम्मान पनि गरिएको थियो । कृतिको अनुवाद कवि जय चौधरीले गर्नु भएको हो ।

photo
पत्रकार समित्र कोण्डुले धन्यवाद ज्ञापन गर्नु भएको
सो कार्यक्रमको तेस्रो चरणमा बहुभाषिक कवि गोष्ठीमा नेपाली, बाङ्ला, हिन्दी लगायतका भाषाका कविताहरु विभिन्न कविहरुले वाचन गरेका थिए । कविहरु डा. वन्दना गुप्ता, ललिता जोशी क्षेत्री, लीला छेत्री, गौरी चौधरी, पल्लवी पल, शिखा राय लगायका कविहरुले कविता वाचन गरेका थिए । 


 कार्यक्रममा वरिष्ठ साहित्यकारहरु युवराज काफ्ले, आशा मुखिया (करसाङ्ग), शिवराज प्रधान, डा. टी बी छेत्री, लेखनाथ चापागाईं, डा. भिकी प्रसाद, देवेन्द्रनाथ शुक्ला, देवीभक्त श्रेष्ठ (झापा), मुक्ति उपाध्याय, साङ्वा लेप्चा, ललिता जोशी, उषा नन्दी गहतराज, दीपा कर, इन्द्रजीत कौर, शोभा चक्रवर्ती, लीला क्षेत्री, गौरी चौधरी, पल्लवी पल, सैकत दे लगायत सर्जक, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

       कार्यक्रमको सहजीकरण कवि देविका मगराती र नन्दिता भोमिकले गरेको साहित्यिकक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।

ट्यागहरू:
सहित्य literature news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४