साहित्यशिखर इन्द्रबहादुर राई स्मरण जयन्ती सम्पन्न

साहित्यशिखर इन्द्रबहादुर राई स्मरण जयन्ती सम्पन्न
९७ औँ इबरा स्मरण जयन्तीमा आगोकवि सबिर दिलपाली 'नुहाङ' (मिरिक) लाई प्रथम इबरा स्मृति साहित्य पुरस्कारद्वारा आइतबार सम्मान गरियो।
साहित्यशिखर इन्द्रबहादुर राईको ९७ औँ स्मरण जन्म जयन्तीलाई इबरा साहित्य प्रतिष्ठान हिलेझोडा मिरिक- तराई साथै नव युवा परिवार संघ - निहालजोतको सहआयोजनामा निहालजोत सामुदायिक भवनमा सम्पन्न गरियो।
यस कार्यक्रमको अध्यक्षता इबरा साहित्य प्रतिष्ठानकै अध्यक्ष डा० जेम्स विश्वले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रगतिशील लेखक तथा उपन्यासकार वरिष्ठ साहित्यकार एम एन दाहालको उपस्थिति रहेको थियो। विशिष्ठ अतिथिहरुमा नेपाली साहित्य अकादमी परामर्श समिति सदस्य एवम् वरिष्ठ साहित्यकार प्रेम प्रधान अनि कानेखुसी पत्रिकाका प्रधान सम्पादक, हास्य-व्यङ्ग्यकार कृष्ण प्रधान उपस्थित थिए।
कार्यक्रममा विभिन्न साहित्यिक वा सामाजिक संघ संस्थान साथै व्यक्तित्वहरुलाई स्मृति चिन्हद्वारा सम्मान गरियो भने राष्ट्रपुरस्कारले सम्मानित प्रह्लाद विश्वास (बङ्गला भाषा शिक्षक) लाई समेत आयोजक पक्षद्वारा सम्बर्द्धना जनाइयो।
कार्यक्रममा दुई चरणको कविगोष्ठी रखिएको थियो।
पहिलो चरणमा कवयित्री नगिता राई लेप्चा, शिलागढी
, कवयित्री रोमा छेत्री,शिवमन्दिर शिलागढी,कवयित्री अमृता शर्मा अधिकारी,निहालजोत,कवि रन्जन राई, पानीघट्टा,कवि शन्तप्रकाश राई,मिरिक कवि दिलचन्द छेत्री, बाघडुग्राले रचना गर्नुभएको थियो भने दोस्रो चरणमा बङ्गला साहित्य कवि शुभोजित बोस नक्सलवारी,कवयित्री डा० कमला तामाङ्ग, मिरिक,कवि दिप जोशी, मिरिक ,मुक्तककार रन्जित गुरुङ, मिरिक
,कवि केसाङ लामा,गीतकार एन बी दहाल, झापा-नेपाल
आदिले आफ्नो कविता, मुक्तक वाचन गरेका थिए।
इबरा साहित्य प्रतिष्ठान- सहसचिव द्वै अर्पण राई अनि सुभाष दाहालद्वारा सन्चालित यस कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सी० के० शर्माले स्वगत वक्तव्य राखे भने मुलसचिव मनोहर शर्माले इबरा (इन्द्रबहादुर राई) स्मृति पुरस्कार बारे प्रकाश पारे अनि कार्यकारिणी सदस्य सुश्री यशोदा शर्माले कवि अमरकृत राई ( मालीधुरा-दार्जिलिङ) द्वारा लिखित इन्द्रबहादुर राईको संक्षिप्त जीवनी पठन गरेकी थिइन्। इबरा साहित्य प्रतिष्ठानद्वारा सम्मानित सम्बर्द्धना पत्रहरु भने यस प्रतिष्ठानका कोषाध्यक्षिका सुश्री रितिका राई अनि सदस्य सुश्री रिजा थापाले पठन गरेका थिए।




