साहित्यकार उमानाथ दाहालकाे पाँचौं कृति`सनेस´को लाेकार्पण

दिलिप घिमिरे · असार २४, २०८१ ८:१३ PM
Cover Image for News

साहित्यकार उमानाथ दाहालकाे पाँचौं कृति`सनेस´लघुकथा सङ्ग्रहको शनिबार लाेकार्पण गरिएको छ।
 कार्यक्रमका प्रमुख अतिथि नेपालले मन्तव्यको क्रममा कृतिकार दाहालको व्यक्तित्वमाथि आफ्नो धारणा  प्रकाश पारेका थिए। कृतिकार व्यक्ति मात्र नभएर सिङ्गो संस्था भएको उनको भनाइ  थियो। 

  उमानाथ दाहालको पहिलो कृति दस कथा संङ्ग्रह हो भने २०७९सालमा एकैचोटितीनवटा कृति बाल संसार बाल गीति कविता सङ्ग्रह ,मेरो टोपी राष्ट्रिय गीत सङ्ग्रह  र स्वानुभूति कविता सङ्ग्रह विमोचित भएको थियो।लामो समयसम्म  शिक्षण पेसामा रहेका दाहालको सेवा निवृत्तिको समय साहित्यको सेवामा लागिरहेका छन् ।उनी सताक्षीधाम साहित्य संगमका अध्यक्ष समेत हुन्।
 हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि प्राडा देवी नेपाल, विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी र डम्बर घिमिरे, कृतिकार उमानाथ दाहाल, कृतिको सामूहिक लाेकार्पण गरेका थिए।

उक्त अवसरमा समीक्षकद्वय इन्दिरा चापागाई र  शेखर अर्यालले लघुकथाका सैद्धान्तिक पक्षमा आधारित रहेर कृतिगत गुणदोष केलाएका थिए। कृतिमा समाविष्ट ६२ लघुकथामा अधिकांश लघुकथामा बिम्ब,प्रतीक, व्यङ्ग्य भाव,संवाद, गैर संवादको प्रयोग भएको, कृतिमा सामाजिक विकृति र  यथार्थता, राजनीतिक विसङ्गति, महिला र बुढ्यौली वर्गका समस्या, देशप्रेम र राष्ट्रियता  विषयमा उठान गरिएको बताए। लघुकथाका मापदण्डलाई आत्मसात गरेर लघुकथा लेखिए पनि वर्ण विन्यास , पदसङ्गती र शिष्ट भाषामा लघुकथा लेखिनु पर्ने सुझाएका थिए।

 कार्यक्रममा लाेकार्पित कृतिबाट निर्मला बरालले परिवर्तन, रचना दाहालले भगवान र गरिमा पन्तले अलपत्र शीर्षकका लघुकथा वाचन गरेका थिए।

 सताक्षीधाम साहित्य संगम र हाम्रो लघुकथा केन्द्रको संयुक्त आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि हाँस्यव्यङ्ग्यकार डम्बर घिमिरेले शुभकामना मन्तव्यको क्रममा ञणझको कथा सुनाएर वातावरण रोमाञ्चक बनाए।

कौशलटार,भक्तपुरको किङ्स क्याफेमा सो कार्यक्रम हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीको सभापतीत्वमा सम्पन्न भयो।  हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेकी थिइन्।

साहित्यकार मन्दिरा चापागाईले सञ्चालन गरेको सो कार्यक्रममा कृतिकारका धर्मपत्नी उर्मिला अधिकारी दाहाल, इन्दिरा चापागाई र  शेखर अर्याल,रामराजा केसी, ध्रुवराज थापा, मनीषकुमार शर्मा समित, अन्जु थपलिया, नवराज शर्मा, मन्दिरा मधुश्री, ममता मृदुल, विन्दु अधिकारी ढकाल, सुस्मिता अधिकारी, श्रीराम  राई, प्रार्थना खनाल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियोे ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू