साहित्यकार दाहालको`देवहूति´महाकाव्यको विमोचन

दिलिप घिमिरे · असार २६, २०८१ १०:५१ PM
Cover Image for News

आज कनकाई माध्यमिक विद्यालयको सभाहलमा साहित्यकार मित्रप्रसाद दाहालको`देवहूति´महाकाव्यको विमोचन गरिएको छ।

 २११औँ भानु जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा खगिन्द्रा खुशी र देवीभक्त श्रेष्ठले रामायण पाठ गरेका थिए ।

 कार्यक्रममा १५५पृष्ठको महाकाव्यको  विमोचन प्रमुख अतिथि साहित्य साधक पुण्यप्रसाद खरेल,विशिष्ट अतिथि रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीलेले संयुक्तरूपमा गरेका थिए ।

 विमोचितो कृतिको समीक्षा साहित्यकार प्रध्यापक भीम दाहालले गरेका थिए।समीक्षकका अनुसार उहाँका अधिकांश महाकाव्यमा पौराणिक नायक-नायिका रहेका पाइन्छन् ।यो कृतिको हिसाबले नवौं कृति तर महाकाव्यको हिसाबले पाँचौं महाकाव्यकि नायिका देवहूति पनि पौराणिक नै हुन् ।

 हाल कनकाई सुरुङ्गा निवासी महाकाव्य दाहाल ८४ बर्षको हुँदासम्म पनि नेपाली साहित्य लेखनमा तल्लीन छन्।
 २०२२सालदेखि नै फुटकर कविता लेखन सुरु गरेका दाहालको प्रमद्वरा खण्डकाव्य (२०५७),चन्द्रहंस महाकाव्य (२०६४),श्रीवत्स महाकाव्य (२०६४),तारा,शोककाव्य(२०६६),मल्लिका महाकाव्य (२०७४),मित्र कविता कुञ्ज(२०७५),परिवर्तन कथा सङ्ग्रह (२०७५),आमा महाकाव्य (२०७६) यस अघि प्रकाशित कृतिहरु हुन्।

 कार्यक्रममा साहित्यकार होम सुवेदीलाई नगद सहित मनोजबाबु ओली स्मृति पुरस्कारबाट सम्मानित समेत  गरिएको थियोे ।

 कार्यक्रममा विभिन्न ठाउँबाट आएका अतिथि कवि तथा गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
 कार्यक्रममा साहित्यकारहरु कोमलप्रसाद पोख्रेल,टंक विकल्प,हरिनारायण भट्टराई ,कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी ,भवानी क्षेत्री,विन्दु दाहाल मुकदर्शक,साहित्यकार उमानाथ दाहाल ,गीतकार टीका भट्टराई नेपाल,मिना अधिकारी ,गणेश निरौला,जय भण्डारी ,मात्रिका संग्रौला,लोकगायक अनिरुद्र ओली,हस्त परियार गीता सुवेदी नेपाल  लगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।

 कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्मलकुमार खतिवडाले स्वागत गरेका थिए भने डाक्टर पुण्यप्रसाद सिग्देल र प्रेम प्रभातले कार्यक्रमको संचालन गरेका थिए।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू