रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित

दिलिप घिमिरे · भदौ ३१, २०८३ २:२७ PM
Cover Image for News

झापा ३१ भाद्र/गजल मञ्च चितवनका पूर्वअध्यक्ष तथा समालोचक रमेश प्रभातको पहिलो गजल सङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित भएको छ । 
चालिसको दशकको उत्तरार्द्धदेखि साहित्य सिर्जनामा सक्रिय प्रभात चितवनमा गजल लेखनको शुरूआती पुस्ताका स्रष्टामध्ये एक हुन् । 

सङ्ग्रहमा ८३ वटा गजल र १० वटा फर्द समावेश छन् । गजलकार प्रभातका अनुसार यी गजलहरू स्वतन्त्र रूपमा लेखिए पनि अधिकांश बहरको सिद्धान्तसँग मेल खाने छन् ।

कृतिका हिसाबले ‘आँगनीमा फूल रोपेँ’ प्रभातको छैटौँ पुस्तक तथा पहिलो गजल सङ्ग्रह हो । यसअघि उनका २०५२ सालमा ‘प्रायश्चित’ बाल चित्रकथा सङ्ग्रह, २०५४ सालमा ‘सत्तालिप्सा’ हाइकू सङ्ग्रह, २०५७ सालमा ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कविता सङ्ग्रह, २०८० सालमा ‘अलिकति फरक कुरा’ र २०८२ सालमा ‘अरू अलिकति फरक कुरा’ समालोचना सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

यो कृति सम्पूर्ण किताब उत्सवमा विमोचन गर्ने तयारी गरिएको प्रभातले बताए ।

ट्यागहरू:
साहित्य #गजल#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।