स्रष्टा देवीभक्त श्रेष्ठको कविता सङ्ग्रह ´देवीभक्तका सिर्जनाहरू` को विमोचन

दिलिप घिमिरे · भदौ ३०, २०८३ ६:५२ AM
Cover Image for News

झापा ३० भाद्र/साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्तश्रेष्ठको जन्मोत्सवको अवसरमा पहिलो कविता सङ्ग्रह ´देवीभक्तका सिर्जनाहरू` सोमबार विमोचन गरिएको छ। 

कृतिको टिप्पणी प्रा.डा. गंगाप्रसाद अधिकारीले गरेका थिए।भने संस्थाका पूर्व अध्यक्ष टंक विकल्पले कृतिकार श्रेष्ठको जीवनी प्रस्तुत गरेका थिए। 

फोटो
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङको अध्यक्षता तथा संस्थाका अभिनन्दित व्यक्तित्व महाकाव्यकार मित्रप्रसाद दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।
साहित्य चौतारी,बिर्तामोड झापा नेपालले विविध कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कृतिकारश्रेष्ठद्वारा लिखित जन्मदिनको शुभकामना बोलको गीत विमोचन गरिएको थियो ।
 कार्यक्रममा प्राज्ञ सुमित्रा वाङ्देल चेली,शिरो सान्दाई,साहित्यकार पुण्यप्रसाद खरेल,विन्दु दाहाल मुकदर्शक, सल्लाहकार हरिनारायण भट्टराई ,अन्तर्राष्ट्रिय संयोजक डीएल प्रधानलगायतले संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठलाई जन्मोत्सवको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा साहित्यकार ईलामे जेठो, लीला अनमोल,पदम अधिकारी, मिना अधिकारी, जमुना खरेल , गगन भट्टराईले साहित्यिक रचना वाचन गरेका थिए भने अर्जुनधारा संस्कृत वेदविद्यापीठका छत्रपति गुरागाईंले मोतीराम भट्टको कविता  वाचन गरेका थिए।

कार्यक्रममा कृतिकार श्रेष्ठले आफूले भोगेका दुःख ,कष्ट र संघर्षहरुलाई समेटेर कविता सङ्ग्रह प्रकाशन गरिएको बताउदै राष्ट्रिय गीत र आफूले रचना गरेका विभिन्न भक्तिभजनहरू सहित एकल प्रस्तुति दिएका थिए।उनलाई गायिका ज्योति  खाती,रक्षा तिम्सिना,रोहिका तिम्सिनालगायतले साथ दिएका थिए। 

कृतिकार श्रेष्ठ
सोही कार्यक्रमकाबीच भोटेकोशी बाढीबाट प्रभावित बनेकाहरूलाई साहित्य चौतारी बिर्तामोड झापा नेपाल र होटल हिकोला हेरिटेजको तर्फबाट ५१ हजार रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण समेत गरिएको थियो । 

संस्थाका सचिव तुलसीप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रम सञ्चालन भने संस्थाका पूर्व महासचिव भानुभक्त कुभेण्डेलीले गरेका थिए। 

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू