साहित्यकार श्री मित्रदेव शर्मा‘मोतीरामभट्टसाहित्य पुरस्कार’बाट सम्मानित

खगिन्द्रा खुसी · भदौ २६, २०८१ ११:२९ AM
Cover Image for News

असम राज्य तेजपुर निवासी विशिष्ट साहित्यकार श्री मित्रदेव शर्मा,‘त्रिफलाराष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा, नेपाल’द्वारा २ सेप्तेम्बर, २०२४ को दिन ‘त्रिफला राष्ट्रियपुस्तकालय’कै परिसरमा आयोजित १५९औँ मोतीराम भट्ट जयन्तीको शुभअवसरमा ‘मोतीराम भट्ट साहित्य पुरस्कार’लेसम्मानित हुनुभएको छ।

मित्रदेव शर्माले असमका थुप्रै विस्मृत र अतीतको गर्भमा विलुप्त हुन लागेका साहित्यकारहरूको कृतिहरू खोजी गरेर प्रकाशन गर्नु भएको छ । असमको नेपाली साहित्यमा उहाँले निकै खोजमूलक काम गरेका दसीहरू छन् । असमका धेरै पुराना लेखकहरूका कृतिहरू वा रचनाहरू पनि उहाँले संरक्षण गरेर राख्नु भएको छ र प्रकाशन पनि गर्नु भएको छ । आफ्ना लागि त सबैले गर्छन् तर मित्रदेव सरले पूर्वजहरूको कीर्ति अटुट राख्तै आफ्नो यात्रालाई गति दिइरहनु भएको छ । मित्रदेव सरको घरमा भएको पुस्तकालय अनुसन्धित्सुहरूका लागि सहयोगी र उपयोगीपुस्तकालय हो । उहाँले गरेका निम्न खोज मूलक कार्यहरू भने साँच्चै नै नेपाली साहित्यलाई ठुलो बल पुऱ्याएको छ । साँच्चै नै निम्नोल्लेखित यी ग्रन्थहरूमा उहाँले मोतीराम भट्ट झैँ काम गरेको छ –

१.     बुँदाभाषा-नृशास्त्र-संस्कृति (२०१०)

२.     दुर्वासा उपाध्यायका रचनाहरू (२०१३)

३.     भारतीय साहित्यका निर्माता नित्यानन्द उपाध्याय (२०१३)

४.     उत्तरपूर्वाञ्चलका नेपाली स्रष्टाको जन्मानु क्रमिक सूची (२०१७)

आदि कृतिहरू उहाँका खोजमूलक कृति हुन् । माथि उल्लेख गरिएका बाहेक अन्य कृतिहरू पनि शर्माले नेपाली साहित्यको ढिकुटीमा थप्नु भएकोछ । ती यस प्रकारछन्–

१. नेफारपराराजस्थानलै (सन्२००५) 

२. आन्दामान, आबु, आजमिरआदि (सन्२००५) 

३. अन्तर्राष्ट्रिय नेपाली काव्य (असमियामाअनुवाद, सन्२००८) 

४. ओपजामाटिरसुवास (तेलेगु उपन्यासको असमिया अनुवाद, सन्२००८)

५. जन्मभूमिको सुवास (तेलेगु उपन्यासको नेपालीमा अनुवाद, सन्२००८)

६. स्मृतिर लेसेरिबुटलि (नेपालीबाट असमियामा अनुवाद, सन्२००८)

७. स्मृतिर सुरभि (असमिया, २००८) 

८. मित्र विविधा ( नेपाली, २०१० ) 

९. मित्र रचनावली (नेपाली, २०१३)

१०. आङ जिरिङ्ग पार्ने हत्या रहस्य (२०१६)

११. नून र नीलिम कुमारका अन्य कविता (२०१६) 

१२. संस्कार संस्कृति संस्कृतिवान (२०१७) 

१३. कसले खोलिहेर्ला मनिटर (२०१७)

 

सम्पादन

१.    सेउजी छन्द ( दुई महिने कविता पत्र) 

२.    नवारूण (स्मृति ग्रन्थ, असमिया र अङ्ग्रेजी, सन् २००७-१०) 

३.    कवि टीकाप्रसाद शर्मा लुइँटेलको जीवन दर्शनका आधारमा स्मृतिग्रन्थ (असमिया र नेपाली, सन् २००५) 

४.    पानस पत्रिका (शोणितपुर नेपाली साहित्य परिषद्, असम) का पाँचवटा अङ्क । यिनका अतिरिक्त असमिया,नेपाली,हिन्दी,अङ्ग्रेजी आदि भाषाका पत्र-पत्रिकाहरूमा प्रकाशित निबन्ध र कविताहरू पाइन्छन्। (यहाँ केही कृतिहरू छुटेका पनि हुन सक्छन्।)

सम्मानहरू –

      उहाँले आजसम्म पाएका पुरस्कार र सम्मानहरू यस प्रकार छन्-

१.      सन् १९७१ को जनगणनामा उत्कृष्ट सेवा पुऱ्याए बापत राष्ट्रपति सम्मान र कांस्य पदक प्राप्त। 

२.      पश्चिम सिक्किम साहित्य परिषद्द्वारा वरिष्ठ साहित्यकार सम्मान - २०१०

३.      श्रेष्ठ प्रबन्धकार स्रष्टा पुरस्कार – २०१३

४.      तारानाथ शाण्डिल्य स्मृति सम्मान -२०१५

श्री मित्रदेव शर्माले हराइसकेका ‘दुर्वासा उपाध्याय’कारचनाहरू सङ्ग्रह गरी ‘दुर्वासा उपाध्यायका रचनाहरू’नामले सन् २०१३ मा प्रकाशन गरेपछि असमका स्वनामधन्य साहित्यकार लीलबहादुर क्षत्रीले उहाँलाई ‘असमका मोतीराम भट्ट’ भन्ने गरेको र अहिले सोही नामको पुरस्कारले सम्मानित भएको हुँदा उहाँ क्षत्री सरलाई सम्झन पुग्नुहुन्छ।

असमका परिप्रेक्ष्यमा मोतीरामले भानुभक्त चिनाए झैँ दुर्वासा उपाध्यायको साहित्यिक परिचय जनमानसमा फैलाउँदै मोतीराम भट्टकै काम गर्ने यस्ता वरेण्य व्यक्तित्वलाई चयन गरी त्रिफला राष्ट्रीय पुस्तकालय, झापा, नेपालले ‘मोतीराम भट्ट साहित्य पुरस्कार’ प्रदान गरेको छ । स्रोत - लक्षमण अधिकारी असम

ट्यागहरू:
सहित्य samachar puraskar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चिठ्ठीहरू
चिठ्ठीहरू
अबिर खालिङ पोष्ट- दिलिप घिमिरे - बुधबार १८ सेप्टेम्बर २०२४
म मरेको दिन
म मरेको दिन
चन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
सोह्र श्राद्ध
सोह्र श्राद्ध
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
यात्रारत छौं हामी
यात्रारत छौं हामी
पुण्य खरेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ सेप्टेम्बर २०२४