निशा पाण्डेकोे- अन्तिम पत्र

निशा पाण्डे पोस्ट - खगिन्द्रा खुसी · जेठ २६, २०८२ ९:१५ PM
Cover Image for News


प्रिय मदन,
तिमी गयौ, म हेरिरहेँ ।
बर्खाका झरी, चिसा बतासहरू,
तिम्रो संझना
र अतृप्त प्यासहरु
सबैलाई साक्षी राखेर,
तिम्रो बाटो कुरिरहेँ।

के साँच्चै धनले तिमीलाई जित्यो?
के साँच्चै मेरो माया सानो थियो?
मदन ! म , एउटा भित्तामा कोरिएको नाम जस्तै भएँ,
पानीमा बनाएको तस्बिर जस्तै भएँ
हिउँमा लेखिएको अक्षर जस्तै भएँ
अब बिस्तारै मेटिँदैछु

सक्छौ भने, एकपल्ट मेरो आँखामा हेर्नु,
त्यहाँ अधुरो प्रेमको खाडल देख्ने छौ।
देख्नेछौ तिम्रो नाममा कोरिएको 
एउटा बियोगको गित 
सक्यौ भने एकपटक
आकाशलाई सोध्नु,
कति रातहरू उसले मेरो आँसु पिएर बितायो?

अब म जान्छु,जहाँ तिमी आउनेछैनौ
तर तिम्रो सम्झनाले कहिल्यै छोड्ने छैन ।
फेरी कहिल्यै भेट नहुने गरी,
म विदा हुन्छु ।

ट्यागहरू:
सहित्य कविता कला
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६