साहित्य सन्ध्याबाट पाँच स्रष्टालाई सम्मान र पुरस्कार

दिलिप घिमिरे · भदौ ७, २०८३ ९:२२ AM
Cover Image for News

झापा ७ भाद्र/साहित्य सन्ध्याले विभिन्न पाँच जना स्रष्टा तथा अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार र सम्मान शनिबार प्रदान गरेको छ।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा साहित्यकार एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी र संस्थाका अध्यक्ष राम विनयले ती सम्मान तथा पुरस्कार प्रदान गरे। 

सो अवसरमा दाङकी साहित्यकार डा बिन्दु शर्मालाई २१ हजार १०० रुपैयाँ राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरियो। ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले ५ हजार रुपैयाँ राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार प्राप्त गरे। सामाजिक रूपान्तरणकी अभियन्ता एवम् जनप्रतिनिधि सान्नानी मिजारलाई १० हजार रुपैयाँ राशिको साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान अर्पण गरियो। 

यस्तै, नुवाकोट स्थायी घर भई हाल भीमसेनगोला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेनदार विद्यार्थी लक्ष्मी तामाङलाई १० हजार रुपैयाँ राशिको साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार दिइयो। सोलुखुम्बुका नियात्राकार गणेशप्रसाद खतिवडालाई १० हजार रुपैयाँ राशिको साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान प्रदान गरियो।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।