साहित्य चौतारी झापाबाट सात स्रष्टा अभिनन्दित तथा सम्मानित

दिलिप घिमिरे · असार १, २०८१ ८:३६ PM
Cover Image for News

साहित्य चौतारी झापाको रजतवर्ष महाअभियानको अन्तर्गत सात जना स्रष्टाहरुलाई अभिनन्दन तथा सम्मान गरिएको छ।
जेठ महिनाको मासिक साङ्गीतिक काव्य सभा अन्तर्गत आज साहित्य, सङ्गीत र कला क्षेत्रका स्रष्टाहरूलाई कार्यक्रमका  प्रमुख व्यक्तित्व प्राडा गोपालप्रसाद भण्डारीले सम्मान गरेको हुन्।

कार्यक्रममा प्राज्ञ सरोजा खड्गी,पथरी (कला), प्राज्ञ गङ्गादेवी सुवेदी,विराटनगर (कला),विनोद खनाल धुलाबारी (साहित्य),  दीपक रायमाझी विर्तामोड पूर्व उपाध्यक्ष (सङ्गीत), महेन्द्र मित्तल विर्तामोड, संस्थापक कोषाध्यक्ष (समाजसेवी उद्यमी), इन्दु पूर्वेली कालीस्थान,(साहित्य पत्रकारिता) स्रष्टाहरुलाई अभिनन्दन तथा सम्मान गरिएको हो।
समारोहमा प्राज्ञद्वय गङ्गा सुवेदी र सरोजा खड्गीलाई अभिनन्दन गरियो भने अन्य व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा स्रष्टा डम्बरबल्लभ न्यौपानेको ´दुर्गापूजा विधि´ पुस्तकको लोकार्पण समेत गरिएको थियोे । विमोचित पुस्तकको समीक्षा स्रष्टा मेघनाथ बन्धुले गरेका थिए । 
कार्यक्रममा दिङ्लाली कान्छो, प्रमोद दाहाल लगायतले गजल वाचन गरेका थिए भने रोहिका तिम्सिनाले गायन प्रस्तुत गरेकी थिइन् । यस्तै सप्तक सङ्गीतालयका सिलास हेमरम, अपेक्षा भण्डारी, अलिया अधिकारी, शिखा दुलाल, साहरा पोखरेल र जेष्ठ नागरिक  लीला खत्रीले गायन प्रस्तुत गरेका थिए। 
कार्यक्रममा साहित्य चौतारीका सल्लाहकार तथा रजत स्मारिका प्रकाशन समितिका संयोजक राजेन्द्र संग्रौलाले स्मारिका प्रकाशन हुन लागेको जानकारी दिए।
संस्थाका संस्थापक/संरक्षक तथा वर्तमान कार्य समितिका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा प्रेस सल्लाहकार तुलसी निरौलाको सञ्चालनमा भएको कार्यक्रममा  संस्थाका संस्थापक/संरक्षक तथा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले स्वागत गरेकी थिइन् । 
काव्यसभामा हिम्मत नेम्वाङ ,कृष्णप्रसाद पौडेल , हस्त परियार,शेखर ढकाल,अनिरुद्र ओली ,गौरव श्रेष्ठ, कुमार श्रेष्ठ, राजेन्द्र सङग्रौला, हरिनारायण भट्टराई,सुब्रत न्यौपाने,विरही अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू