देवकोटा जयन्तीका अवसरमा (GBLO)ले सृजना, स्रष्टा र संवाद कार्यक्रम सम्पन्न गर्ने
२० असोज, झापा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा विश्वभरका स्रष्टाहरुलाई जोडेर साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ । ग्लोवल भूटनिज लिटरेरी अर्गनाइजेशन(GBLO)ले सृजना, स्रष्टा र संवाद शीर्षकमा आयोजना गर्न लागेको उक्त कार्यक्रम आगामी कात्तिक १९ गते विहीवार अर्थात नोभेम्बर ५ तारिकका दिन अमेरिकाको पूर्वी समय अनुसार विहानको ९ बजेदेखि सुरु हुने कुरा जि.बि.एल.ओ (GBLO)का अध्यक्ष पातलो अन्तरेले जानकारी दिनुभएको छ । उक्त संस्थाले यसअघि पनि विभिन्न समयमा सृजना, स्रष्टा र संवाद कार्यक्रम सम्पन्न गर्दै आएको छ भने यो कार्यक्रम तेस्रो श्रृङ्खलाको तेस्रो अङ्कका रूपमा सम्पन्न हुँदैछ । ग्लोवल एजुकेशन प्रोग्राम(GEP)को सहयोग रहेको यसकार्यक्रममा नेपाली साहित्य डटकम, ग्लोबल भूटनिज न्यूज, भूटान दर्पण, ग्लोबल पोष्ट इन्फो लगायतका मिडिया पार्टनर रहनेछन् । जुमबाट सन्चालन हुने सो कार्यक्रम (GBLO)को युट्युव तथा फेसबुकबाट लाइभ हुनेछ भने कार्यक्रममा सहभागी हुनका लागि विश्वभरका नेपाली साहित्यकारहरुलाई (GBLO)ले आह्वान गरेको छ ।