संगीत र कविताको फ्युजनमा नदीशको ‘हिउँद’ लोकार्पण
झापा २३पुस/कवि नदीशको कवितासंग्रह ‘हिउँद’ शनिबार लोकार्पण गरिएको छ ।
बत्तीपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा नाट्यअभिनेत्री पवित्रा खड्का,कवि डा. मुस्कान पोख्रेल,पर्यावरण अध्येता उमेश बलाल मगर र पत्रकार बसन्त बस्नेतका साथमा कवि नदीशका पिता गिरिप्रसाद भट्टराईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।
रिदम कँडेलको सांगितिक पार्श्वध्वनिमा ‘खर्बुजा’, ‘झरी पर्दा’, ‘कोकुन र रोकिन मन छ– नजाऊ भनिदिने कोही छैन’ शीर्षकका कविता पवित्रा खड्का, डा. मुस्कान पोख्रेल, उमेश बलाल मगर र बसन्त बस्नेतले वाचन गरे ।
त्यसैगरी, कवि नदीशले ‘नदीश यस्तो हुनु’, ‘अचेत सभ्यताको माझबाट’ र ‘बिरामी’ र ‘म फेरि आउँछु’ शीर्षकका कविता वाचन गरेका थिए ।
साथै, रिदम कँडेलले नदीशको एउटा कवितालाई गायनमा प्रस्तुत गरेका थिए ।

उनीहरुले पर्यावरणको गहिरो चेत बोकेका कविता पढिनुपर्ने दर्जाका रहेको पनि भनेका छन् । नदीशका पछिल्ला कविताहरूको सङ्ग्रह ‘हिउँद’लाई बुकहिलले बजारमा ल्याएको हो ।