सिएम निरौलाको तेस्रो कविता कृति ‘चिहानबाट चिन्तन’को लोकार्पण

फागुन १७गते / साहित्यकार सिएम निरौलाको तेस्रो कविता कृति ‘चिहानबाट चिन्तन’को लोकार्पण घरदलान साहित्य,झापाको बुद्धशान्तिमा एक कार्यक्रमका बीच गरिएको छ।
आज रामजानकी मन्दिर, बुधबारेको सभाकक्षमा आयोजित कार्यक्रम घरदलान साहित्यका अभियन्ता शिवकुमार पौडेलको अध्यक्षता भएको हो।
कार्यक्रममाआख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको थियो ।
भुटानी शरणार्थी क्याम्प बेलडाँगीका स्रष्टा तिलक राई, दिल भुटानी, पथरीका टीका अधिकारी, कृतिकार सिएम निरौला,भक्त घिमिरेलाई मञ्चासिन गराएर सुरु भएको कार्यक्रमको सञ्चालन पदम निरौलाले तथा स्वागत जय भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रमबारे जानकारी गणेश निरौलाले गराउनु भएको कार्यक्रममा प्रमुख अतिथि रहेका आख्यानकार पुण्यप्रसाद खरेल, भक्त घिमिरे, कवि केशव आचार्य, भुटानी शरणार्थी क्याम्प बेलडाँगीका स्रष्टा दिल भुटानीले लोकार्पित कृतिको प्रसङ्गलाई शिरानी हालेर मातृभूमिबाट जबर्जस्ती बर्बर रुपमा खेदिन बाध्य भुटानी नागरिकको पीडा, उनीहरुको मातृभूमि, भुटानमै पुनर्स्थापना हुनुपर्ने आदि प्रसङ्ग उठाउँदै शुभकामना व्यक्त गरे ।
अमेरिकामा पुनर्वास भएका भुटानी स्रष्टा निरौलाको तेस्रो तथा पछिल्लो कविता कृति ‘चिहानबाट चिन्तन’को सामुहिक लोकार्पण भएपछि साहित्यकार लक्ष्मीप्रसाद रिजालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
घरदलान साहित्य, बुद्धशान्तीकाे आयोजनामा सम्पन्न कार्यक्रममा कविहरु गीता सुवेदी नेपाल, तिलक राई, दुर्गाप्रसाद सिग्देल, टीका भट्टराई नेपाल, तुलसी निरौला, तुलसीप्रसाद भट्टराई तथा मोक्ष खतिवडाले कविता वाचन गरेका थिए ।
कार्यक्रममा झापाली स्रष्टाहरु दिव्य निरौला, शान्ता उप्रेती, रनु कोइराला, हरिप्रसाद रिमाल, दुर्गा बस्नेत, माधवप्रसाद खतिवडा, हेमन्ता भण्डारी, गीता अधिकारी नेपाल, पुष्प काफ्ले, टङ्क विकल्प, उषा अधिकारी, धनबहादुर श्रेष्ठ, कालीबहादुर थापा, प्रकाशचन्द्र नेउपाने, माधव तिमसिना, विजुलीप्रसाद खरेल,शशिधर भण्डारी, प्रचुर अभाव, सुशील निरौला, इन्दिरा पौड्याल दाहाल, टङ्कमणि दाहाल, मोहन लकान्द्री, बसन्तकुमार तिमसिना, रामबहादुर निरौला, बुद्धिसागर ढुङ्गेल, चन्द्र सुवेदी, मिना निरौला, कमलराज कोइराला, भीम प्रसाद निरौला, चित्रा पौडेल, भावना भट्टराई घिमिरे लगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियोे ।




