सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
झापा २ असोज /सेभेन सिज अङ्ग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत आज शुक्रबार सेभेन सिज अङ्ग्रेजी माध्यमिक शिवसताक्षी-८ झिलझिले झापामा विद्यार्थीसँग साहित्य तथा कविता वाचन कार्यक्रम गरिएको हो।
विद्यालयका प्रधानाध्यपक दिपक कडरियाको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार अभागी थेगुवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य तथा समालोचक मुनाराज शेर्मा र साहित्यकार तथा गजलकार विवश बलिभद्र कोइरालाले कविता लेखन र वाचन सीपको विकासको सम्बन्धि सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्रष्टा कवि विराट किराँती,साहित्यकार तथा सञ्चारकर्मी सेलिङ केसी,दिलिप घिमिरेले सृजना वाचन गरेका थिए भने सतासी खबरका पत्रकार रोम मगरले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सतासी खबर सह-सम्पादक छविलाल दवाडी ,सतासी अनलाइनका सञ्चारकर्मी विष्णु श्रेष्ठ ,भूगोल नेटवर्कका ताङसाङ गगन ,सृजनशील खबरका पत्रकार किशोर राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरुले वर्तमान अवस्थामा देश दुखेको,जेन्जि आन्दोलन ,आमा,देशप्रेम,राष्ट्र र राष्ट्रियता,प्रकृति,पर्यावरण, जीवनको लक्ष्य आदि भाव समेटिएका २३ जना विद्यार्थीहरूले आफ्ना भावना, कल्पना र सिर्जनालाई कविताको माध्यमबाट प्रस्तुत गरेका थिए ।
कविता वाचन गर्ने विद्यार्थीहरुमा युनिशा खतिवडा,जेनिसा अधिकारी,नायरा बुढाथोकी,मेहेर राज रिजाल ,अनुष्का थापा ,कनिक्सा भेट्वाल ,सदिक्षा लुईटेल,समीप भेटवाल,ईशा बाँस्काेटा, दिव्या कडरिया,शिक्षा पाठक,सृष्टीका सुवेदी,खुश्बु सेन्चुरी,आयुष भण्डारी,कृतिका राई,आस्था लिम्बू ,रियान दाहाल,एनिजा शिवाकोटी,प्रनिशा खतिवडा ,जेनिसा बानियाँ ,आयब गाैतम ,प्रतिष्ठा पाण्डे ,ग्रीष्मा काम्बाङ्ग रहेका थिए ।

वाटरकिङडमको सभाहलमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश विद्यालयका प्रधानाध्यपक दिपक कडरियाले गरेका थिए भने कार्यक्रम शिक्षक सञ्चालन सुवास पोखरेल गरेका थिए।