रण काफ्लेद्वारा लिखित मत्स्यकन्याको मुलुकमा बजारमा

दिलिप घिमिरे · असार २३, २०८१ ११:५८ PM
Cover Image for News

आज धरानमा भारतीय नेपाली साहित्यकार रण काफ्लेद्वारा लिखित मत्स्यकन्याको मुलुकमा नियात्रा कृतिको विमोचन   गरिएको छ।

 कलरव धरानद्वारा आयोजित धरान साहित्य महोत्सवमा उक्त कृतिको विमोचन गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि  प्राडा टङ्कप्रसाद न्यौपाने र विशिष्ट अतिथि नेपाल माझी उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीले उक्त कृतिको संयुक्तरूपमा लोकार्पण गरेका थिए
    कृतिको समीक्षकको भूमिकामा प्राडा गोपीकृष्ण खतिवडा रहेका थिए ।
 बहुचर्चित उपन्यास `रैथाने ´का उपन्यासकार हुन् रण काफ्ले ।असममा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत कलम चलाएर दर्जनौं कृति पाठक सामु पुर्याइरहेका साहित्यकार हुन रण काफ्ले ।
   कार्यक्रममा भारतीय नेपाली साहित्य साधक कवि मन्जुला लामाङ, डा. निना राई, डा. साङ्गू लेप्चा र वरिष्ठ  सम्पादक प्रदीप रसाइली  तथा स्थानीय भाषा साहित्य साधकहरू श्री राजेश विद्रोही, डा.अस्मिता बिष्ट,नरेश काम्बाङ राई, जनकऋषि राई, मनु मन्जिल,देवान किराँती, प्रदीप मेनेङ्बो, सीमा आभाष, रोम ढुङ्गेल, चेवन राई, हेमन यात्री, भोजराज श्रेष्ठ, गुन्जमान माझी, गोपाल ( वाशु) माझीलगायत दर्जनौं कविकलाकारहरूको सहभागिता  थियो।  
कार्यक्रममा असमेली नेपाली साहित्यकार रण काफ्लेले मन्चासीन अतिथिहरूलाई असमेली शैलीमा स्वागत सम्मान गर्नुभएको थियो।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू