रमेश किरण पौडेलको उपन्यास उज्यालो दिनको विमोचन
इलाम /साहित्यकार तथा उपन्यासकार रमेश किरण पौडेलको चौथो कृति उज्यालो दिन उपन्यासको विमोचन गरिएको छ।
सूर्योदय नगरपालिका वडा नं ४ स्थित वडा कार्यलयको सभाहलमा शुक्रबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शरण राई,निवर्तमान वडाध्यक्ष मधुसुधन लामिछाने,पूर्व गाविस उपाध्यक्ष एकराज घिमिरे र तत्कालीन गाउँ पन्चायत अध्यक्ष शिताराम नेपालको हातबाट संयुक्त रुपाम उपन्यासको विमोचन गरिएको हो।
विमोचनकार्यक्रममा अंशुवर्मा आ वि का पूर्व पधानाध्यापक बलराम रिजाल,पूर्व शिक्षकहरु भक्तिप्रसाद पोख्रेल, नगेन्द नेपाल, अन्तु एकेडेमीका प्रिन्सिपल टेकु पुलामी,तकपत स्कुलका प्रअ सन्तोष आचार्य लगायतका बुद्धिजीवीहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो।
हरेक पक्षलाई अँध्यारोबाट उज्यालो तर्फ लगेर उज्यालोको महत्त्व कति हुन्छ भन्ने कुरा दर्साइएको उपन्यासकार पौडलले कार्यक्रम बताउनु भयो ।
यसभन्दा अघि पौडेलका पहिलो चियाबारी कथासंग्रह (२०५७) , दोश्रो अँध्यारो रात उपन्यास (२०६३), तेस्रो विश्वशिशामहल श्रीअन्तु खोजमुलक (२०७८)कृति प्रकाशित भइसकेका छन्।
वडा कार्यलयको आयोजनामा भएको उक्त कार्यक्रममा वडा सदस्य जीवनकान्त न्यौपानेको अध्यक्षता रहेको थियो।
वडा सदस्य पुण्यप्रसाद पोख्रेलले स्वागत गर्नु भएको कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो। साथै कार्यक्रममा खदा सहित सम्मान पत्रद्वारा लेखकलाई वडा कार्लायको तर्फबाट सम्मान समेत गरिएको थियो।